६३ थान स्मार्ट फोन, रेनगेज र थर्मामिटर प्रदान
न्यूज ओके रिपोर्टर
भैरहवा ।
गत वर्ष रूपन्देही जोगडा ४ मा रहेको जोगेश्वर महादेव कृष समूहले चैते धान रोपेको थियो, धान स्याहार्नेे बेला पानी आएपछि उत्पादन भएको धान आधा नोक्सान भयो । त्यो नोक्सान व्यहोरेको कृषक समूहले अब चैते धाननै नरोप्ने निर्णय गर्यो तर अहिले सरकारले मौसमको पूर्व अनुमान थाहा पाउने सूचना प्रणालीको व्यवस्था गरेपछि समूहका किसानहरू उत्साहित भएका छन् ।
अब मौसमको सूचना हेरेर खेती गर्ने जोगेश्वर महादेव कृष समूहका अध्यक्ष रामनरेश पासीले बताउनुभयो । अब किसानहरू खेतीपाटी स्याहार्दा र उत्पादन गर्दा मौषसले नष्ट गर्ने हाकि भनेरे अलमलीनु नपर्ने भएको छ । नेपाल सरकारले किसानको सहजताका लागि अब सूचना प्रणालीको व्यवस्था गरेको छ । जसबाट किसानहरू मौसमको पूर्वानुमान बारे थाहा पाउन सक्छन् ।
नेपाल सरकार कृषि विकास मन्त्रालय जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले रूपन्देहीमा रहेका कृषक समूहलाई मोबाइल तथा सूचना मुलक सामाग्रीहरू बितरण गरेकोे छ । नेपालको कृषि ब्यवस्थापन सूचना प्रणालीलाई स्थापित गर्न, सूचना प्रणाली सम्बन्धी सामाग्री तथा उपकरण वितरण गरेको आयोजनाले जनाएको छ । जलवायु परिवर्तनबाट देखिएका प्रतिकुल असरहरूबाट कृषि क्षेत्रमा पर्ने सक्ने जोखिमलाई सूचना तथा संचार प्रविधिको माध्यमबाट न्युनिकरण गर्ने, अनुकुल वातावरणलाई सहजीकरण गर्न कृषिसंग सम्वन्धित जलवायू सूचनाहरू कृषक समुदाय तथा सरोकारवालाहरूसम्म प्रवाह गराउने आयोजनाको लक्ष्य रहेको जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका निर्देशक विष्णु प्रसाद घिमिरेले बताउनुभयो ।
आइतबार जिल्ला कृषि विकास कार्यालयमा भएको, कृषि व्यवस्थापन सूचना प्रणाली सम्बन्धी सामाग्री तथा उपकरण वितरण समारोहमा, १० जना कृषक समूहलाई सामाग्री बितरण गरिएको छ । सोमबार अन्य ५३ जना किसानहरू गरि जम्मा ६३ जना कृषक समूहलाई सूचना प्रणाली सम्बन्धी सामाग्री तथा उपकरण बितरण गरिएको छ । जसमा कृषि विकास कार्यालय तर्फ ३८ वटा र पशु सेवा तर्फका किसान समुहहरू २५ वटा रहेका छन् ।
अन्य किसानहरूले नागरिकताको फोटोकपिबाट निःशुल्क कृषि सिम लिन सक्ने जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले जनाएको छ । किसान सिम, स्मार्ट फोन, रेन गज, तापक्रम नाम्ने यन्त्र पाएपछि किसानहरू उत्साहित भएका छन् ।
उपकरणको मद्धतले प्रतिकुल मौसमका कारण आफ्नो खेतीपातीमा हुने क्षतीलाई न्यूनीकरण गर्न ठूलो सहयोग मिल्ने किसानहरूले बताए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिङले, बाली नालीको पूर्वानुमान बारे सूचना पाउने हुदा, किसानहरूलाई कृषि पेशा गर्न सहज बन्ने बताउनुभयो । कृषि प्राविधिकहरूनै प्राविधिक ज्ञानबाट अनविज्ञ रहेकाले उनीहरूलाई राम्रो सँग व्यवस्थापन गरि फिल्डमा खटाउनुपर्ने प्रजिअले निर्देशन दिनुभयो । देशमा कृषि प्राविधिकहरूको संख्या न्युन रहेको बेला यस्तो सूचना मुलक प्रणाली लागू भएपछि केही हद सम्म भएपनि प्राविधिकको कमीलाई पुर्टी गर्ने क्षेत्रीय कृषि निर्देशक शरदचन्द्र श्रेष्ठले बताउनुभयो ।
बर्षेनी कृषि क्षेत्र जलबायु परिवर्तनबाट धेरै मारमा पर्ने हुदा सूचना प्रणाली मार्फत आफ्नो पेशालाई सुरक्षित बनाउन किसानहरूलाई सहयोग मिल्ने निर्देशक श्रेष्ठले बताउनुभयो । सूचना मूलक उपकरणहरू समूहलाई बितरण गरिएकोले निजि प्रयोजनका लागि प्रयोग नगर्न जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले आग्रह गर्नुभयो । दुरूपयोग गरि सूचनाहरू प्रवाह गर्न सकृय नभए पाएका उपकरणहरू फिर्ता लिइ आवश्यक कारवाही गर्ने सापकोटाले बताए ।













