सन्दर्भः ६५ औं विश्व भन्सार दिवस
भन्सार शब्द मुलुकको आर्थिक गतिविधिसँग जोडीएको मुख्य शब्द हो । आर्थिक गतिविधिसँग देशबाट वस्तु तथा सामान निर्यात गर्दा र देशलाई आवश्यक पर्ने सामान बिदेशबाट आयात गर्दा ति सामानहरूको मूल्य हेरेर राजस्व असुली गर्ने काम भन्सारले गर्दछ । मुलुकमा राजस्व संकलनमा मुख्य योगदान भन्सार राजस्वबाट हुने गरेको छ । मुख्यतया हवाई उडान मार्फत हुने आयात निर्यात र स्थलमार्गबाट हुने आयात निर्यात गरी दुई प्रकृतीमा भन्सार राजस्व संकलनका लागि भन्सार कार्यालय स्थापना भएका छन् । हवाई उडान मार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट हुने आयात निर्यात पर्छ भने स्थलमार्ग अन्तरगत भारत र चीनसँग सीमा जोडिएका स्थानमा स्थापित भन्सार कार्यालय मार्फत् भन्सार राजस्व संकलन हुँदै आएको छ । नेपालमा भन्सार ३१ वटा मूख्य भन्सार कार्यालयहरू रहेका छन् भने १ सय ४३ वटा छोटी भन्सार कार्यालयहरू छन् । ति भन्सार कार्यालयले भन्सार महशुल, मूल्य अभिबृद्धि कर, अन्तशुल्क तथा अन्य करहरूमा कृषि सेवा र सडक दस्तुर कर असुल गर्दछ ।
भन्सार कार्यालयले कुल राजस्वको ४४ प्रतिशत तथा कर राजस्वको ५० प्रतिशत कर असुली गर्दछ । भन्सार महसुलले भने कुल कर सम्बन्धि राजस्वको २० प्रतिशत असुली गरेको पाइन्छ । राजस्व परिचालनमा भन्सार प्रशासनको सवैभन्दा ठुलो भूमिका रहेको हुन्छ । तर भन्सार कार्यालयको दायरा खाली राजस्व परिचालनमा मात्र सिमित हुन नहुने सुझाव अर्थ बिज्ञहरूले दिने गरेका छन् । समय सापेक्ष रूपमा भन्सार कार्यालयलाई अघि बढाउँदै सर्बसाधारणलाई छिटो छरितो रूपमा कार्यसम्पादन गर्नु मुख्य चुनौती हो भने अन्तर्राष्ट्रिय व्यापार, प्रविधिको विकास, राष्ट्रिय आवश्यकता र उदार तथा खुल्ला अर्थ व्यवस्था अनुसार भन्सार कार्यालय ÷प्रशासनलाई पारदर्शी र सेवामुखि बनाउन पनि भन्सारको दायित्व महत्वपूर्ण हुन्छ ।
राजस्व असुलीको हिसावमा भन्सार कार्यालयहरूको भूमिका सवैभन्दा ठुलो हुने मात्र नभई सिमानाकाबाट हुनै अबैध ब्यापार नियन्त्रणमा समेत ठुलो जिम्मेवारी भन्सा कार्यालयको रहन्छ । भन्सार कार्यालयले राजस्व संकलन मात्र गर्ने नभई सिमानाकाबाट कानुन बिपरीत हुने गतिबिधी, चोरी निकासी,तस्करी नियन्त्रणमा पनि ठुलो भुमिका रहेको छ भने बैध ब्यापार गर्न सबैलाई प्रोत्साहन समेत गर्ने गर्दछ । बढी राजस्व संकलन गर्ने भएर राजस्वको परिचालनमा भन्सार प्रशासनको स्थानलाई सबैभन्दा अग्रस्थानमा रहने गरेको छ ।
भन्सार प्रशासनलाई सूचना प्रविधिको माध्यमबाट आधुनिकीकरण गरी खुल्ला अर्थव्यवस्था अनुरूप व्यवस्थित, पारदर्शी, सेवामुखी एवं उत्तरदायी बनाउने दायित्वमा भन्सार विभागले बारम्बार प्रतिवद्धता जनाउँदै आए तापनि पूर्ण रूपमा सूचना प्रबिधीको माध्यम अझै प्रयोग हुन नसकेको, पेपरलेस भन्सार नभएको पाइन्छ । सूचना प्रबिधियुक्त भयो भने सेवाग्राहीले छिटो भन्दा छिटा सेवा पाउनेमा दुई मत छ्रन् ।
पछिल्लो समय भैरहवास्थित भन्सार कार्यालय मुलुकको मुख्य भन्सार नाकाको रूपमा परीणत बन्दै गएको छ । गत वर्ष लामो समयसम्म तराई ÷मधेशमा भएको आन्दोलन, नाकाबन्दी लगायतका बाबजुद यो नाकालाई सहज गराउन भैरहवा भन्सार कार्यालय र एजेन्टहरूले ठुलो भूमिका निर्बाह गरेका थिए । बिरगन्जपछिको दोश्रो भन्सार नाका रहेको भैरहवा पछिल्लो समय मुख्य भन्सार नाका बन्दै गएको हो । भन्सार नेपालमा मात्र नभएर बिश्वभर सरकारी निकायको प्रमुख अंग हो । त्यसैले प्रत्येक वर्ष जनवरी २६ तारिखका दिन र यो वर्ष १३ माघ, २०७३, बिहीबार विश्वभर भन्सार दिवस मनाइदैंछ । यस वर्षको भन्सार दिवस ६५ औं हो । नेपाल बिश्व भन्सार संगठनमा २२ जुलाई १९८६मा आबद्ध भएपछि हरेक वर्ष यो अन्तर्राष्ट्रिय दिवस मनाउँदै आइरहेको छ । यो बर्षको भन्सार दिवसको नारा प्रभाबकारी सिमा ब्यबस्थापनका लागि तथ्यांक विश्लेषण ९म्बतब ब्लबथिकष्क ँयच भाभअतष्खभ द्ययचमभच ःबलबनझभलत० रहेको छ । भन्सार दिवसका दिन विभिन्न कार्यक्रमहरू आयोजना हुने गर्दछ । भन्सार कर्मचारी, भन्सार एजेन्ट लगायत अन्य सरोकारवालाहरूले विभिन्न कार्यक्रम आयोजना गर्ने गर्दछन् ।
यस दिवसका अवसरमा भन्सार प्रशासनभित्र कार्यरत उत्कृष्ट कर्मचारीलाई उत्कृष्ट भन्सार एजेन्ट तथा विश्व भन्सार संगठनले प्रदान गर्ने मेरिट अवार्डबाट पुरस्कृत कर्मचारीहरूलाई समेत सम्मान गरिन्छ भने भन्सार विभागले उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पनि पुरस्कृत गर्दछ ।
भन्सार दिवसका अबसरमा भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघ, रूपन्देहीले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । हाजिरी जवाफ प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, सिद्धार्थ अनाथ बालआश्रममा खाद्य तथा अन्य सामग्री हस्तान्तरण आयोजना भएको छ भने भन्सार दिवसका दिन बेलहिया नाका हुँदै नेपाल प्रबेश गर्ने २ जना बिदेशी पर्यटकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै गरी सोहि दिन भन्सार कार्यालयमा भन्सार दिवसको मुल समारोह आयोजना हुने छ । सोही कार्यक्रममा सम्मान तथा विभिन्न प्रतियोगितामा बिजेतालाई पुरस्कार बितरण कार्य गरिनेछ ।
नेपालमा अहिले भन्सार अझै व्यवस्थित गरी सूचना प्रविधि मैत्री बनाउने, जस्ताकार्य भइरहेको बताइन्छ । भन्सार सुधार तथा आधुनिकीकरण रणनीति एवं कार्ययोजना अनुसार काम भइरहेको र यसबाट भन्सारमा रहेका झन्झटीलो पद्धतीहरू अन्त्य भई सरलिकृत भन्सार प्रणालीको स्थापना हुने विश्वास सबैको छ । भन्सार व्यवस्थापन चुस्त र सरलिकृत बनाइनु आजको आवश्यकता पनि हो । विश्वभन्सार दिवसमा सबैलाई शुभकामना । (घिमिरे भन्सार एजेन्ट संघ, रूपन्देहीका अध्यक्ष हुन् ।)













