न्यूज ओके रिपोर्टर । भैरहवा ।
रोटरी क्लब अफ भैरहवाले नव वर्ष २०७४ को पूर्व सन्ध्यामा रोटरी नाईट २०७४ कार्यक्रम आयोजना गर्ने भएको छ ।
वर्ष २०७३ लाई बिदाई र नव वर्ष २०७४ लाई स्वागत गर्न चैत ३१ गते भैरहवास्थित होटल निर्भानामा बेलुका ७ बजे देखि कार्यक्रम सुरू हुने कार्यक्रमका संयोजक राम प्रसाद पन्थीले बताए ।
कार्यक्रममा राष्ट्रिय कलाकार मिलन अमात्य, युबराज चौलागाई, नायिका अनु शाह, स्थानीय कलाकार लगायतले साँस्कृतिक प्रस्तुती गर्नेछन् ।
आपसी सद्भाव, भाइचारा बढाउन र स्थानिय संघसंस्थाहरू बिच सम्बन्ध अझै प्रगाढ बनाउने उद्धेश्य र कार्यक्रमबाट संकलन भएको रकम सामाजिक क्षेत्रमा लगाउने लक्ष्यसहित कार्यक्रम हुने रोटरी क्लब अफ भैरहवाका अध्यक्ष राजकुमार गुप्ताले बताए । कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल अम्बुजा सिमेन्ट र सह–प्रायोजकका एसआर स्टिल र एसआर फुड्स रहेका छन् ।











