न्यूज ओके रिपोर्टर। भैरहवा ।
गायक मोहम्मद वारिस खाँको आधुनिक गीति संग्रह आगो र फूल बजारमा आएको छ ।
बेलहिया (भैरहवा)का स्थानिय बासिनदा वारिस खाँँको आगो र फूलको अभिनेत्री रेखा थापा, बिशेष अतिथि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी, गजलकार डा.घनश्याम परिश्रमी, सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल लगायतले सामुहकि रूपमा बिमोचन गर्दै सार्बजनिक समेत गरेका छन् ।
उक्त एल्बममा चारवटा गीत समावेश गरिएको छ । जसमा कित मेरो मुटुलाई, आउनु है कान्छी, काली काली बान्कि परेकी, जिन्दगीभर जीवनसाथी बोलका गीतमा सुरेश अधिकारी, शिखर सन्तोष, बसन्त सापकोटा, रबिराज शाहको संगीत रहेको छ भने शितल कादम्विनी, सुरेश अधिकारी र प्रगती थापाका शब्द रहेका छन् । सोही अबसरमा ३ वटा गीतको म्यूजिक भिडियो पनि सार्बजनिक गरीएको छ । सार्बजनिक कार्यक्रमका अतिथीहरूले वारीस खाँले नेपाली संगीत ईतिहासमा पृथक आयाम थपेको जनाउदै खाँ एक अशल सर्जक भएको उल्लेख गरे । सोही अवसरमा आयोजक संस्था म्यूजिक संसार नेपालले गीतलाई प्रविधिको प्रयोग अनुसार बिक्रीको सुरूवात गरेको थियो ।











