चैत्र ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र हो लप्पन छप्पन् । धैरै पैसा कमाउने लोभमा एक द्धारा अर्कोलाई लप्पन छप्पन गर्दै हिडने कथा यो फिल्ममा छ । फिल्मको ७५ प्रतिशत भन्दा बढी दृष्य युरोपमा छायांकन भएको छ र प्रबिधीको राम्रो प्रयोग यो फिल्ममा गरीएको छ । सस्पेन्स कथामा आधारीत यो फिल्ममा गैंगहरूबिचको आपसी द्धन्द पनि देखाईएको छ । कुनै न कुनै माध्यमबाट जसरी पनि पैसा कमाउनु पर्छ भन्ने कथाबस्तुमै केन्द्रित छ लप्पनछप्पन् । पैसाको पछी दगुर्दा दगुर्दै लप्पन छप्पन सिनेमा अन्त्य हुन्छ । स्वीस बैंकमा राखीएको नेपाली मन्त्रीको कालोधन नेपाली सफटवेयर ह्याकरले कसरी हत्याउन सफल हुन्छ भन्ने कुरा पनि यो सिनेमामा देखाईएको छ । ह्याकरलाई पछ्याउदै युरोप पुगेको देखाईएको नेपाल प्रहरीका अनुसन्धान अधिकृत पुर्बगृहमन्त्रीको हत्या आरोप लागेका युबालाई पक्राउ गर्न सफल भए पनि ह्याकर र पुर्ब मन्त्रीको कालोधनलाई स्वदेश फिर्ता ल्याउन भने असफल भएको फिल्ममा देखाईएको छ । यस्ले के देखाउछ भने यो फिल्मको अर्को भाग पनि छिटै दर्शक माझ बजारमा आउनेछ । डम्बर चन्दको प्रस्तुती रहेको मुकुन्द भट्टको लप्पन छप्पनमा दयाह्यांग राई, सौगाल मल्ल, बर्षा सिवाकोटी, अर्पण थापा, प्रकाश जंग शाही, सिद खरेलको अभिनय अब्बल छ । भैरहवा र बुटवलका सिनेमाहलमा यो फिल्म दर्शकहरूले मनपराएको काशी सिने प्लेक्स भैरहवाका सञ्चालक ओम जैशीले बताए ।
आर्थिक कारणले उपचारमा समस्या नपरोस, सबैले सक्दो सहयोग गरौमनोरञ्जन शर्मा
भैरहवा(११ श्रावण)सिद्धार्थनगर नगर पालिका वडा नम्बर ८ निबासी ठकुरी थरकी बालिकाको स्वास्थय परिक्षण गर्दा...