न्यूज ओके रिपोर्टर। भैरहवा ।
भैरहवा नयाँ सडकमा स्थित केजेडी टावरमा रहेको काशी सिने प्लेक्सले स्तरबृद्धि गर्दै सेवा बिस्तार गर्ने भएको छ ।
तीनवर्ष अघी स्थापना भई टुकेमा देखाइरहेको फिल्म अब छिट्टै फोरकेमा लैजाने, लिफ्ट जडान गर्ने र सेवा दाङ्गमा समेत बिस्तार गर्ने भएको हो । काशी सिने प्लेक्सका संचालक ओम जैशीका अनुसार पछिल्लो समय सामाजिक संजालको सुझाब र दर्शकको चाहना अनुसार सेवा बिस्तार गर्न लागीएको हो ।
हाल डटस्क्रिनमा संचालित सो फिल्म हल अब सिल्भर स्क्रिनका साथ डबल डिजिटल फाइभ सराउण्ड साउण्डमा संचालन हुने उनले बताए । त्यस्तै सिने प्लेक्समा जानका लागि लिफ्ट जडान गरिने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढेको समेत उनले बताए । आगामी बैशाख १ गतेबाट दाङ तुलसीपुरमा यहाँ जस्तै सुविधायुक्त मनकाशी सिनेप्लेक्स संचालन गर्ने योजना रहेको र तयसका लागि प्रक्रिया अगाडि बढाईएको उनले बताए । हाल भैरहवामा ९० सिट क्षमतासहित संचालनमा छ ।
काठमाडौ बाहिर पहिलो पटक आधुनिक फिल्म हल संचालनमा ल्याएका उनले पछिल्लो समय दर्शकको चाहना नेपाली फिल्म र यसको क्वालिटीमा झन् बढ्दै गइरहेको बताए । ‘पहिलो वर्ष निकै अप्ठ्यारो पर्यो । सस्तो टिकटदरमा चलचित्र हेर्ने दर्शकहरूलाई केही महङ्गो र डिजिटल हलमा हेर्ने बानी थिएन । ठूलो लगानी दर्शकको पातलो उपस्थितिले निरास बनाएको थियो तर, विस्तारै गुणस्तरलाई बुझ्न थालेपछि हामी सफल भयौं’, उनले भने । चलचित्र हेर्नका लागि भारतको नौतनहवा, कुलुही, सुनौली देखी नेपालको नवलपरासी, बुटवल, पाल्पा, लुम्बिनी तथा स्थानीय आउने गरेका छन् । सुरूका दिनमा बलिउड हिन्दी चलचित्र बढी चल्ने गरेको भए पनि पछिल्ला दिनहरूमा नेपाली चलचित्रले पनि बजार पाउन थालेको उनले बताए ।
Like this:
Like Loading...
Related