घनश्याम भुषाललाई दिपक बोहराको बधाई शुभकाना , मतदाता लगायत सहयोगी सबैमा आभार प्रकट

0
432

बोहराले मतपरिणाम बाट आफु बिजयी हुन नसकेता पनि यस क्षेत्र को मतदाताहरुको मन जित्न सफल भएकोले निर्वाचन परिणामलाई सहज रूपमा लिएको जनाएका छन् ।

 

न्यूज ओके रिपोर्टर, भैरहवा, २४ मंसिर : रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधी सभा सदस्यका लागी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राप्रपाका बरीष्ठ उपाध्यक्ष दिपक बोहराले आफना प्रतिद्धन्दी तथा निर्बाचित उम्मेदवार नेकपा एमालेका उप महासचिब घनश्याम भुषाललाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा  आफनो भावना राख्दै आफु पराजित भए संगै उनले प्रतिद्धन्दी भुषाललाई बधाई र शुभकामना दिएका हुन् ।

बोहराले मतपरिणाम बाट आफु बिजयी हुन नसकेता पनि यस क्षेत्र को मतदाताहरुको मन जित्न सफल भएकोले निर्वाचन परिणामलाई सहज रूपमा लिएको जनाएका छन् ।

‘म सदैव जनतासंग प्रत्यक्ष सम्पर्कमा रहनुपर्दछ भन्ने मान्यता राख्ने व्यक्ति भएको हुनाले मुलुकको समृद्वि, लोकतन्त्रको संस्थागत विकास साथै यस जिल्लाको समग्र विकासको लागी सदैव यहाहरूकै विचमा र प्रत्यक्ष सम्पर्कमा रहने प्रतिबद्वता ब्यक्त गर्दछु र क्षेत्रको विकास र उन्नतिमा विगतमा जस्तै यहाहरू संगै हातेमालो गरेर हिडनेछु ,’। बोहराले भनेका छन् ।

बोहराले संयुक्त लोकतान्त्रिक गठबन्धनका लागि अहो रात्र खटिएका सम्पूर्ण कार्यकर्ताहरुलाई धन्यवाद दिदै गठबन्धनलाई दिएको प्रत्येक मतको कदर गर्दै मुलुकमा लोकतन्त्रको संस्थागत विकासका लागी निर्वाचनको परिणामबाट कतिपनी बिचलित नभई अझ बढि उत्साहका साथ जनताका माझ क्रियाशील रहने र सबै कार्यकर्ता तथा मित्रहरूलाई अझ बढि क्रियाशील रहि संगठन निर्माणमा लाग्न आग्रह समेत गरेका छन् ।                                                                                                                                                                                        बोहराले रुपन्देही जिल्ला लगायत देशभर बिजयी हुनुहुने सबैमा हार्दिक बधाई एवम् शुभकामना ब्यक्त गर्दै रुपन्देही जिल्लामा थालनि गरिएका बिकास निर्माणका कार्ययोजनाहरुले निरन्तरता पाइराख्ने बिश्वास आफुले लिएको, लोकतन्त्रको संस्थागत विकासको लागी शान्तिपुर्ण रूपमा निर्वाचन सम्पन्न गराउनुहुने निर्वाचन आयोग, कर्मचारी, सुरक्षा निकाय, संचारकर्मी साथै प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै नेपालको समृद्वि,विकास र लोकतन्त्रको स्थापनाको लागी निर्वाचनमा सहभागी भई सदभाव प्रकट गर्ने एबं आफुलाई मतदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको उल्लेख गरेका छन् ।  बोहरा भुषाल संग ५ हजार ४ सय ४४ मतान्तरले पराजित भएका थिए ।

 

Leave a Reply