प्रदेश नम्बर ५ को प्रदेश सरकारको नीति तथा कार्यक्रम
न्यूज ओके रिपोर्टर
भैरहवा ।
प्रदेश नम्बर ५ को प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७५ ७६को नीति तथा कार्यक्रममा बुटवल पाल्पा सडकखण्डको सिद्धबाबा क्षेत्रलाई प्राथमिकता दिईएको छ । प्रदेश सभामा शुक्रबार प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रस्तुत गर्दै सिद्धबाबा क्षेत्रमा पहिरोका कारण हुने यातायात अवरोधलाई अन्त्य गर्न वैकल्पिक मार्गको पहिचान गरी प्रदेश सरकारले निर्माण कार्य गर्ने जनाएका छन् । नीति तथा कार्यक्रममा पहिरोको जोखिम अन्त्य गर्न डाँडो कटान गरी निर्माणजन्य सामाग्रीको रूपमा उपयोग गर्ने नीति अवलम्वन गरिने उल्लेख छ । प्रदेश पाँच सरकारको नीति तथा कार्यक्रममा डाँडोनै कटान गर्ने नीति ल्याईनु सिद्धबाबा क्षेत्रको पहिरो ग्रस्त सडक खण्डका लागी सबैभन्दा राम्रो बिकल्प बन्ने देखिन्छ । सुरुंगमार्ग र अन्य प्रबिधीहरु पनि चर्चामा आएका छन् । संघिय बजेटमा सिद्धबाबा क्षेत्रमा सुरुंगमार्गको संभाब्यता अध्ययनका लागी भनि बजेट बिनियोजना भएको छ । 
। बनपैदावर पनि नभएको उक्त डाँडो कटान गरेमा त्यहाबाट प्राप्त हुने नदिजन्य बस्तुहरु ढुंगा, गिटीको बिक्री बितरण गरे प्रदेश सरकार र सम्बन्धित जिल्लालाई राजश्व बापत आम्दानी पनि हुने र तिनाउको दोहन पनि केही मात्रामा भए पनि रोकिन्छ । पहिरो खसेर नदिजन्य बस्तु तल तिनाउमा गएकै छन् । त्यसैले डाँडा कटान गरी सडक चौडा बनाउने सबैभन्दा राम्रो बिकल्प पनि हो । त्यसैले प्रदेश सरकारले सुरुंगमार्ग या अन्य प्रबिधीको खोजी गर्नु भन्दा डाँडो काटने प्रबिधी सबैभन्दा राम्रो मात्र होईन आयजनक पनि हुने सरोकारवालाहरु बताउछन् ।














