आज हुने खेलमा विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ । क्रोएसियाको अहिलेसम्मको उपलब्धि भनेको २० वर्ष अघि अर्थात् फ्रान्स विश्व बिजेता बन्दा तेस्रो स्थानमा पुगेको थियो । उक्त विश्वकपमा उनीहरू सेमिफाइनलमा फ्रान्ससँग पराजित भएका थिए । तेश्रो स्थानका लागि भएको खेलमा नेदरल्याण्डलाई उसले पराजित गरेको थियो ।
न्यूज ओके रिपोर्टर
भैरहवा
बिगत एक महिनादेखि युरोपियन मुलुक रूसका बिभिन्न शहरमा सञ्चालन भइरहेको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेल आज रूसको राजधानी मास्कोमा हुँदैछ । धेरैले अनुमान गरेका टिमहरू क्वाटरफाइनलसम्म पनि आउन सकेनन् । आजको फाइनल खेलमा सन् १९९८ को बिजेता रहेको फ्रान्सले क्रोएशियासँग प्रतिष्पर्धा गर्दैछ । विश्वकपको फाइनलमा धेरै फुटबल प्रेमीहरको परिकल्पना थिएन की फाइनलमा यी दुई देश पुग्ने छन् भन्ने । त्यसैले यो एकदमै थौरै मानिसले परिकल्पना गरेको विश्वकपको फाइनल हो ।
आज हुने खेलमा विश्वकप फाइनलमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसियाले दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सको सामना गर्दैछ । क्रोएसियाको अहिलेसम्मको उपलब्धि भनेको २० वर्ष अघि अर्थात् फ्रान्स विश्व बिजेता बन्दा तेस्रो स्थानमा पुगेको थियो । उक्त विश्वकपमा उनीहरू सेमिफाइनलमा फ्रान्ससँग पराजित भएका थिए । तेश्रो स्थानका लागि भएको खेलमा नेदरल्याण्डलाई उसले पराजित गरेको थियो ।
क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्ष अघि पेरिसको घरेलु मैदानमा प्राप्त गरेको सफलता दोहो¥याउन चाहेको छ भने क्रोएशियाले सन् १९९८ मा सेमिफाइनलमा फ्रान्ससंग पराजित भएको पीडालाई आजको फाइनलमा जित निकाली खुसीयालीमा बदल्न चाहेको छ ।
क्रोएशियालाई भन्दा फ्रान्सलाई बढी अनुभब रहेको फुटबल पन्डितहरू ठान्छन् । त्यसो त समुह चरणकै खेलबाट प्रशंसिय खेल प्रदर्शन गर्दै फाइनलसम्म स्थान बनाएको क्रोएशियाले कुनै पनि बेला खेललाई उल्ट्याउला भन्न सकिन्न । उता फ्रान्सलाई नेतृत्व दिइरहेका डिडे डेसाँले तेस्रो ठूलो प्रतियोगितामा टोलीको जिम्मेवारी वहन गरिरहेका छन् । उनी खेलाडी र व्यवस्थापकका दुवैका रूपमा उपाधि उचाल्ने तेस्रो व्यक्ति बन्ने दाउमा छन् । १९९८ मा विश्वकप बिजेता बन्दा फ्रान्सको टिममा उनि खेलाडी थिए ।
उता उनका समकक्षी ज्लाट्को डालिकले क्रोएसियाली टोलीको व्यवस्थापकका रूपमा रहेका जम्मा नौ महिना भएको छ । ४१ लाख ७० हजार जनसंख्या रहेको क्रोएसिया विश्वकप फाइनलमा फ्रान्समाथि हाबी नहोला भन्नै सकिन्न् । फिफाको विश्व वरीयतामा २० औँ स्थानमा क्रोएसिया रहेको छ भने विश्वकपको फाइनलमा पुग्ने १३ देशमध्ये एक क्रोएसिया बनेको छ । बिश्वकप फुटबलको फाइनलमा पुग्नु अहिलेसम्मको सबैभन्दा ठुलो सफलता क्रोएशियाको हो । फुटबलमा पाएको यो उनीहरूको सबैभन्दा ठूलो सफलता हो । सेमिफाईनलमा क्रोएशियाले इङ्ल्याण्डको सपना ध्वस्त पारेको थियो ।
फ्रान्सेलीहरू बिश्वकप चुम्न आतुर छन् । अनुभबि खेलाडीले भरिएको फ्रान्सेली टिमको रक्षापंती तोड्न क्रोएशियालाई अप्ठेरो पर्न सक्छ । अग्रपङ्क्तिबाट खेल्ने एमबाप्पे अहिले पुरा लयमा छन् । उनी विपक्षी क्रोएसियाले खडा गर्ने घेरा तोड्ने फ्रान्सको बलियो हतियार बन्न सक्ने मध्येका एक खेलाडी हुन् । फ्रान्सेली टिमले नकआउट चरणका आफ्ना सबै खेलहरू निर्धारित ९० मिनेटकै समय भित्रै जितेका थिए ।
तर क्रोएसियालाई समूह चरणपछिका तीनवटै खेल जित्न अतिरिक्त समय आवश्यक पर्यो । दुईवटा प्रतिस्पर्धाको टुङ्गो पेनाल्टीमार्फत भएको थियो । विश्वकप शुरू हुँदाको समयमा यो प्रतियोगितामा अर्जेन्टिना, ब्राजिल, जर्मन, ईंग्ल्याण्ड, स्पेन र पोर्चुगल मध्येबाट फाइनलमा पुग्ने अनुमान धेरैको थियो । तर सबैको अनुमानलाइ गलत साबित गर्दै फ्रान्स र क्रोएशिया फाईनल खेल्दैछन् ।
कसले जित्ला सुनको जुत्ता ?
विश्वकप फुटबल प्रतियोगिताको एकै संस्करणमा सबैभन्दा बढी गोलगर्ने खेलाडीलाइ सुनको जुत्ता (गोल्डेन बुट) पुरस्कार दिइन्छ । यो पटकको बिश्वकप फुटबलमा अहिलेसम्म सबैभन्दा बढी गोल गर्ने खेलाडीमा इंग्ल्याण्डका हेरी केन रहेका छन् । उनले जम्मा ६ गोल गरेका छन् । तेश्रो स्थानका लागी भएको खेलमा बेल्जियमले इङ्ल्याण्ड विरुद्ध जित निकाले पनि स्ट्राइकर रोमेलु लुकाकुले भने गोल गर्न सकेनन् । उता बेल्जियमका रोमेलु लुकाकु, रूसका डेनिश चेरीकेभ, पोर्चुगलका क्रिश्चियानो रोनाल्डो समान ४÷४ गोलसहित दोश्रो स्थानमा छन् ।
तिनै जना खेलाडीहरूको देश प्रतियोगिताबाट बाहिरी सकेकोले उनीहरू सुनको जुत्ताको दाबेदार रहेनन् । अब सुनको जुत्ता (गोल्डेन बुट) जित्ने प्रतिष्पर्धामा फ्रान्सका एन्टोनी ग्रिजमेन र केलियन एमबाप्पे रहेका छन् । उनीहरू दुबैको समान ३÷३ गोल छ । उनीहरू मध्ये कसैले पनि क्रोएशिया बिरूद्धको फाइनलमा ह्याट्रिक अर्थात् ३ गोल गरेको खण्डमा सुनको जुत्ताको लागी संयुक्त रूपमा हकदार बन्न सक्नेछन् । अन्यथा हेरी केन नै यो पटकको विश्वकप फुटबलको सुनको जुत्ताको दाबेदार हुन् ।
सुनको बल कसलाई ?
बिश्वकप फुटबलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक खेलाडीले सुनको बल पुरस्कार पाउने छन् । प्रतियोगितामा खेलाडीको प्रदर्शनको आधारमा यो पुरस्कार पाउने खेलाडीको चयन हुन्छ । यस अघिको पछिल्लो ६ वटा बिश्वकप फुटबल प्रतियोगितामा सुनको बल जित्ने खेलाडीहरू विश्वकप विजेता टोलीका सदस्यहरू थिए । अहिले त्यो अपबाद पनि बन्न सक्छ । यद्यपी क्रोएसियाका मध्यपङ्क्तिका खेलाडी लुका मोडरिचले अहिलेसम्मको आफ्नो खेलका लागि व्यापक प्रशंसा पाएका छन् । अर्जेन्टिनाविरूद्ध समूह चरणमा उत्कृष्ट खेल प्रदर्शन गर्दा उनले म्यान अफ द म्याचको पुरस्कार पाएका थिए ।
फ्रान्सका अग्रपङ्क्तिका खेलाडी एमबाप्पेले अर्जेन्टिनाविरूद्ध दुई गोल गर्दै आफूलाई अब्बल खेलाडीको कोटीमा राखेका छन् । उनको पनि चर्चा चुलिएको छ । फ्रान्सका एन्टोनी ग्रिजम्यानको पनि अहिले चर्चा छ । त्यसैले सुनको बल फाईनलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले पाउँछन् या अघिल्लो चरणमा उत्कृष्ट प्रदर्शन गरेकाले पाउलान केही बेरमा थाहा हुनेछ ।
Like this:
Like Loading...
Related