न्यूज ओके रिपोर्टर
रुपन्देही, ८ साउन
न्यूज ओके साप्ताहिक पत्रिका , एक्सन पोलिमरको उत्पादन मिलानो फुटबवेयर र सिद्धार्थ सिमेन्ट उद्योगको संयुक्त सहकार्यमा आयोजित बिश्वकप फुटबल प्रतियोगिता बिश्वकप क्विज प्रतियोगिताको बम्पर पुरस्कार भैरहवा अञ्चलपुरका महेश भट्टले जितेका छन् ।
भट्टले ३२ ईन्चको एलईडी एचडि टिभी प्राप्त गरेका छन् । यस पटकको बिश्वकप बिजेता को बन्नेछ भन्ने प्रश्नको सहिजवाफमा फ्रान्स लेखि पठाउने १ सय २२ जना मध्ये गोलाप्रथा प्रणाली मार्फत उनि पुरस्कृत भएका हुन् ।
बिश्वकप क्विज प्रतियोगिताको बम्पर पुरस्कार३२ ईन्चको एलईडी एचडि टिभी बिजेता महेश भट्ट
गोलाप्रथामा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा एक्सन पोलिमर्श र सिद्धार्थ सिमेन्टका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले चिठ्ठा थुतेका थिए ।
बम्पर पुरस्कार बिजेता भट्ट हाल भारत भ्रमणमा रहेकाले उनको अनुपस्थितीमा उक्त टिभी पुरस्कार संघका महासचिब आचार्यलाई अग्रवालले हस्तान्तरण गरे ।

बम्पर पुरस्कारका लागी जम्मा १ हजार २ सय जना सहभागी थिए । त्यसमध्ये अधिकांशको जवाफ अर्जेन्टीना, ब्राजिल, ईंग्ल्याण्ड, जर्मन थियो । अन्तिम आठको खेल सकिए पछि धेरैको जवाफ क्रोएशिया थियो भने १२२ जनाले फ्रान्स लेखेका थिए ।
त्यस्तै सोहि अबसरमा न्यूज ओके र एक्सन पोलिमरको उत्पादन मिलानो फुटबवेयरको सहकार्यमा बिश्वकप फुटबल अबधी भरका लागी भएको साप्ताहिक क्विजका बिजेताहरुलाई पनि पुरस्कृत गरीएको थियो । हरेक हप्ता पाच हप्ता सम्म बिश्वकप फुटबल सम्बन्धी प्रश्न सोधिएको थियो । त्यस्मा हरेक हप्ता सहि जवाफ दिनेलाई मिलानो सुज बाट पुरस्कृत गर्ने भनिएकोमा मंगलबार आयोजित कार्यक्रममा उनिहरुलाई पनि पुरस्कृत गरीएको थियो ।
साप्ताहिक प्रश्नका बिजेताहरु मध्ये १ को बिजेतामा कमल पराजुली , प्रज्वल अमात्य, रबिन्द्र गुप्ता, बिपुल केसी, कान्ता श्रेष्ठ, निरा लामा २ को बिजेतामा गोबिन्द अर्याल, शैलेश कुमार श्रीबास्तब, मिनराज, प्रबिण श्रेष्ठ, कुन्दन बज्राचार्य, दिपक भण्डारी ३ को बिजेतामा, कृष्ण यादब, सलमान खान, मोहन घिमिरे, शेखर कार्कि, सञ्जय शर्मा, जोशन गुरुंग, ४को बिजेतामा अस्मिता केसी, राधेश्याम बिके, सुमित शर्मा,संगिता राजभण्डारी, सञ्जु श्रेष्ठ, पन्नेलाल यादब ५ को बिजेतामा राजेश खडका, माधब शर्मा, शंभु नेपाल, पुरुषोत्तम गैरे, हेमन्त ज्ञवाली, अम्बिका घिमिरे रहेका थिए ।
साप्ताहिक प्रश्नका बिजेताहरु








कार्यक्रममा उपस्थित भएका बिजेताहरुलाई मिलानो फुटबेयरका निर्देशक गौरब अग्रवाल र सिद्धार्थ सिमेन्टका निर्देशक रोहित अग्रवालले पुरस्कार प्रदान गरेका थिए ।
न्यूज ओकेका सम्पादक मनोरञ्जन शर्माको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश अग्रवालले सिद्धार्थ सिमेन्ट उद्योगको नारा नै देशलाई जोडदै भन्ने रहेको र खेलको माध्यमबाट एकापसमा सम्बन्ध बलियो हुने र भावनात्मक सम्बन्ध बिस्तार समेत हुने भएकोले यो कार्यक्रम महत्वपुर्ण रहेको बताए। उद्योग बाणिज्य संघका महासचिब नेत्र आचार्यले जिल्ला नगर स्तरमा रहेका साप्ताहिक पत्रिकाको माध्यमबाट खेलकुद बारे जानकारी र टेलिभिजन तथा अन्य उपहार प्रदान गरी खेलप्रेमी पाठकहरुको ध्यान आकृष्ट गर्न सफल भएको बताए । एक्सन पोलिमर र सिद्धार्थ सिमेन्टका निर्देशक गौरब अग्रवाल र रोहित अग्रवालले यस्ता बौद्धिक कार्यक्रमका लागी सदैब सहकार्य गरी अघि बढन तयार रहेको बताएका थिए ।
न्यूज ओके पत्रिका २०७३ साउन ६ गते बाट साप्ताहिक पत्रिकाको रुपमा सिद्धार्थनगर भैरहवालाई केन्द्र बनाई हरेक बिहीबार प्रकाशन हुदै आएको छ । यो दक्षिण एशियामै निशुल्क बितरण हुने पत्रिका हो ।














