मनोरञ्जन शर्मा                                                                                                              जकार्ता (इण्डोनेसिया) ।

दक्षिण पूर्बि एसियामा अबस्थित इन्डोनेसियाको राजधानी सहर जकार्ता र अर्को शहर पालेम्बाङ्गमा “इनर्जी अफ एसिया” अर्थात एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद सुरु भएको बुधबार ७ दिन भएको छ । प्रतियोगिताको उदघाटन शनिबार भए पनि प्रतियोगिता भने आईतबार बाट सुरु भएको हो । चौथो छैठौ सम्म आउदा नेपालको प्रदर्शन निराशाजनक रहेको छ । ४५ राष्ट्रका १० हजार खेलाडी सबैले पदक प्राप्त गर्ने त होईनन । तर पदक जित्नु मुख्य लक्ष्य हुन्छ । खेलाडीको र पदक जित्ने सपना सहित नेपाली खेलाडीहरुको उपस्थिती ईण्डोनेसियामा सञ्चालित एसियन गेममा भए पनि प्रदर्शन भने फितलो देखिएको छ । बुधबार सम्म नेपाली खेलाडीहरुले तेक्वान्दो, उसु, लनटेनिस, फुटबल, कुस्ति, टेनिस, उसु, सुटिंग,कपर्दी, साईक्लिंग, फेन्सिंग, खेलमा पराजय ब्यहोरीसकेका छन् । ब्याटमिन्टनका ५ खेल र पौडीका २ खेल शुक्रबार छन् । बाकी रहेका खेलबाट पदक आउने आश हाम्रा खेलाडी र खेल अधिकारीहरुको छ । पदक भन्दा पनि आफनो ब्यक्तीगत प्रदर्शन सुधार गर्न केही सफल भए पनि धेरैको प्रदर्र्शन गतिलो रहेन । एसियाली खेलमा पदकको आशा गरीएको खेल तेक्वान्दो र उसु हो । तर दुबै खेलले नेपाललाई निराश पारेको छ ।

तेक्वान्दो र उसुको ३ बिधामा क्वाटरफाईनल सम्म यात्रा तय गरेको नेपाली खेलाडीहरु त्यसअघि बढन सकेनन् । कारण के हो त नेपाली खेलाडीहरुको खराब प्रदर्शनको । एकै जवाफ छ, सिमित साधन श्रोत अनि समयमै प्रशिक्षण नहुनु र खेलकुद भन्दा पनि बढी राजनिती हाबी हुनु मुख्य कारण रहेको बरीष्ठ खेलपत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्चका निबर्तमान अध्यक्ष अजय फुयाल बताउछन् । प्रतियोगिता सुरु हुन भन्दा १ महिना अघिबाट प्रशिक्षण सुरु हुन्छ खेलाडीहरुको अनि कसरी संभब छ पदक । कनिका छरे झै गरेर केही रकम प्रशिक्षणमा खर्च गर्न अनि ठुला कुरा गर्दै पदकको आश हामीले खेलाडीबाट गर्नु भनेको घोर अन्याय हो । कम्तिमा प्रशिक्षणहरु सके बैदेशिक नसके स्वदेशमा भए पनि प्रतियोगिता सुरु हुनु भन्दा ६ महिना अघिबाटै प्रशिक्षण सुरु गर्न सके मात्रै हामी प्रतिष्पर्धामा खरो उत्रन सक्छौ, नत्र यो खाली जनतालाई हसाउने र हाम्रा खेलाडीले खेल्न सकेनन भन्ने दोश थोपर्ने काम मात्र हुनेछ, फुयालले भने ।

उता खेलका प्रशिक्षकहरु प्नि छोटो समयमा लिएको तालिमले केहि गर्न नसकिने नया नया बिधि प्रयोग बारे समेत पछि थाहा हुन्छ त्यसैले हरेक खेलमा पछि पछि पर्दै गएको प्रशिक्षक र खेलाडीको भनाई छ । पदक र प्रदर्शन उच्चको आशा राख्नेले लगानी पनि गर्नु पर्छ, समयमै तालिमको ब्यबस्था लगायतथ अतिरीक्त कुराहरु सरोकारवालाले मिलाउनु पर्छ, नत्र जहिले यस्तै अबस्था हुन्छ हाम्रो खेलकुदमा, सागमा तेक्वान्दो तर्फ किर्तिमान धारी दिपक बिष्टले भने ।

राष्ट्रिय खेलक्द परिषदका सदस्य सचिब तथा एसियन गेम्सका सेफ द मिशन समेत रहेका केशब कुमार बिष्टले खेलाडीहरुले आफनो ल्याकतले भ्याए सम्मको प्रदर्शन गरेका छन् । पदक जित्नु आफनो ठाउमा छ, तर खेलाडीहरुले नराम्रो प्रदर्शन गरेका छन भन्न मिल्दैन, सिमीत साधन श्रोतका बाबजुज खेलमा सुधार गरेका छन्, खेलाडीहरुले राम्रो प्रदर्शन गरेनन भनेर भन्नु गल्ती हो, खेलाडीहरुको सबै प्रदर्शन हारजितको नैतिक जिम्मेवारी म लिन्छु, बिष्टले भने । 

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिबन राम श्रेष्ठले एसियाली खेलकुद प्रतियोगिता भनेको एकदम टप कम्पिटिशन हुने प्रतियोगिता भएकाले राज्यले त्यही अनुसारको तालिम, प्रशिक्षणको ब्यबस्था गर्नु पर्ने र जकर्ता एसियाडले पदक भन्दा पनि ब्यक्तीगत प्रदर्शन सुधारको अपेक्षा रहेको पाईएको बताउछन् ।

एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा रहेका खेलाडीमा नेपालले ४५ खेल मध्ये २९ खेलमा १८७ खेलाडीले सहभागिता जनाएको छन् । यस अघि १९६२ मा इण्डोनेसियाले चौथो सस्करणको एसियाली खेलकुद आयोजना गर्दा नेपालले सहभागिता जनाएको थिएन् । एसियाली खेलको ६७ वर्षे इतिहासमा नेपाली खेलाडीले कुल १५ संस्करणमा सहभागिता जनाउदा सम्म स्वर्ण पदकको कुरा छाडौ एउटा रजत र बाकी २२ काश्यमात्र जितेका छन् । १९९८मा बैंकक एसियाडमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालको अहिले सम्मको सबैभन्दा ठुलो उपलब्धि हो । एसियाली खेलमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा छ । एसियाडमा नेपालका लागि तेक्वान्दो नै सफल बनेको छ । तर यस पटक भने तेक्वान्दाले कुनै पदक दिलाउन सकेको छैन् । तेक्वान्दोमा नेपालले बिगतको एसियाली खेलमा १ रजत र १३ कांस्य पदक जितेको थियो ।

पछिल्लो दुई संस्करण चिनको ग्वान्जाउ र कोरीयाको इन्चेनमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको छ । एसियाडमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्य पदक जितेको छ ।

नेपाली खेलाडीले दक्षिण कोरियाको सोल एसियाड, १९८६ देखि पदक जित्न थालेका हुन् । यो संस्करणमा बक्सिङ र तेक्वान्दोका खेलाडीले ४–४ कांस्य पदक जितेका थिए । त्यसयता सबै एसियाडमा नेपालले पदक जितेको भए पनि यो १८ औ एसियाली खेलमा अहिले सम्म पदक हात परेको छैन् । बाकी रहेका खेलमा पनि पदक आउने आशा भने कायमनै छ ।

Leave a Reply