न्यूज ओके रिपोर्टर
भैरहवा ।
हास्य कलाकार आरपी भट्टराई (लाजाराम)को आज बिहान निधन भएको छ।मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजालाम’ले चिनिँदै आएका थिए। उनले दर्जनौं टेलिफिल्म, फिल्म, म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए।
उनका श्रीमती र दुई छोरा रहेका छन्। बिहीबार बेलुका खाना खाएर सामान्य रुपमा नै सुतेका भट्टराई उच्च रक्तचापका बिरामी थिए।













