शिबिरमा स्वास्थय परिक्षण संगै मुटुरोगका बिरामीहरुको निशुल्क ईसिजी र ईको गरिने साथै पिएफटी मेशिनबाट दम तथा छातिरोगका परिक्षण, रक्त परिक्षण सहित आबश्यक निशुल्क औषधी बितरण हुने क्लबले जनाएको छ । लुम्बिनी रोड स्थित सनसाईन आबाशिय उच्च माबिमा बिहान ८ बजे देखि शिबिर सुरु हुने बताईएको छ ।
न्यूज ओके, भैरहवा :
रोटरी क्लब अफ भैरहवा र रोट्रयाक्ट क्लब अफ भैरहवाको संयुक्त आयोजनामा फागुन २६ गत् शनिबार भैरहवामा ‘बृहत निशुल्क स्वास्थय शिबिर’ आयोजना हुने भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलको प्राबिधिक सहयोगमा सञ्चालन हुने शिबिरमा बिशेष गरी मुटु एबं मृगौला , दम तथा छाति एबं निमोनिया सम्बन्धि तथा अन्य रोगहरुको परिक्षण तथा आबश्यक औषधी समेत निशुल्क बितरण हुने क्लबका अध्यक्ष राजकुमार गुप्ताले बताए ।
शिबिरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा। समिर गौतम, मृगौला रोग बिशेषज्ञ डा। रजत कायस्थका साथै अन्य जनरल फिजीसियन लगायतका चिकित्सकहरुको टोली बाट स्वास्थय परिक्षण हुने र धेरै भन्दा धेरैलाई स्वास्थय शिबिरमा सहभागी भई स्वास्थय परिक्षण गराउन शिबिरका संयोजक मनिष भटराईले अनुरोध गरेका छन् । शिबिरमा स्वास्थय परिक्षण संगै मुटुरोगका बिरामीहरुको निशुल्क ईसिजी र ईको गरिने साथै पिएफटी मेशिनबाट दम तथा छातिरोगका परिक्षण, रक्त परिक्षण सहित आबश्यक निशुल्क औषधी बितरण हुने क्लबले जनाएको छ । लुम्बिनी रोड स्थित सनसाईन आबाशिय उच्च माबिमा बिहान ८ बजे देखि शिबिर सुरु हुने बताईएको छ ।














