न्यूज ओके,भैरहवा
गोयनका स्टील्स् प्रा.लि.ले आफ्नो कम्पनीमा कार्यरत मजदुरहरूलाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नयाँ वर्ष २०७५ को अवसर पारेर उद्योग परिसरमा गरिएको स्वास्थ्य परिक्षणमा उद्योगमा कार्यरत १ सय २० जना कर्मचारीहरूको स्वास्थ्य परीक्षण गरिएको उद्योगका अध्यक्ष रामगोपाल गोयनकाले बताए । शिविरमा ओमकार फार्मेसी भैरहवाको प्राबिधिक सहयोग रहेको थियो ।
बरिष्ठ फिजिसियन डा.कुशलखनाल को नेतृत्वको ५ सदस्यिय टोलीले रक्त चाप, नाक, कान, घाटी छाला तथा दाँत परीक्षण गरेका थिए । त्यसअघि आयोजित कार्यक्रमा बोल्दै उद्योगका अध्यक्ष गोयनकाले आफ्ना उद्योमा कार्यरत मजदुरहरूको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य परीक्षण आयोजना गरिएको बताए । उनले सधै काममा लागिरहँदा मजदुरहरूले स्वास्थ्य परीक्षण गर्न नपाउने हुँदा उद्योगमै शिविर संचालन गरिएको बताए । सोही कार्यक्रममा बोल्दै उद्योगका निर्देशक आमित गोयनकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूले निरन्तरता पाउने बताए । कार्यक्रमको संचालन उद्योगका आइटि अफिसर मनिस शर्माले गरेका थिए भने कार्यक्रमा स्वास्थ्य परिक्षण संगै निःशुल्क औषधी समेत बितरण गरिएको थियो ।(यो समाचार २०७५ बैशाख ६ गते प्रकाशित न्यूज ओके साप्ताहिकमा समेत पढन सकिनेछ ।)

Leave a Reply