सुरूवातको समयमा भन्दा अहिले धेरै नर्सहरू रहेकाछन भने विकास क्रम पनि भइरहेको छ । आधुनिक प्रविधिले फडको मारेसँगै नर्स पेशा अपनाउन यो बिषयमा अध्ययन गर्ने क्रम बढेको छ । नेपालमा नर्सिंग पेशाको इतिहास हेर्ने हो भो भने धेरै समय भएको छैन् । नेपालको जेठो अस्पताल बिरमा सुरूवातका बेला नर्स नहँुदा सबै काम चिकित्सकहरूले गर्दथिए । बिक्रम सम्त १९४७ मा बिर अस्पतालको स्थापना भएको हो र त्यतिबेला नर्सहरू थिएनन भने स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डरहरू कार्यरत थिए । तर नर्सका रूपमा कोही थिएनन् ।
नर्स भन्ने बित्तिकै सबैले बुझने गर्छन् । अस्पताल, स्वास्थय केन्द्रमा बिरामीको सेवा गर्ने व्यक्ति । उपचारका लागि भर्ना भएपछि चिकित्सकको सुझाब अनुसार औषधी खुवाउनेदेखि मात्र नभएर बिरामीको हरेक कुरामा मुस्कान सहितको सेवा उपलब्ध गराउनेहरू नै नर्स हुन् । नर्सको इतिहास केलाउँदा यो पेशाको जन्मदाता फलोेरेन्स नाईटिंगेलाई कहिल्यै बिर्सन सकिदैनं् । बिश्वयुद्धको समयमा मानिसहरू युद्धका कारणले धेरै घाइते भएका थिए । सेना, पुलिस, सर्बसाधारण लाखांै घाइते थिए । त्यस्तो समयमा एक युवती अधेरोमा बत्ति बाल्दै घाइतेहरूको उपचारमा तल्लिन थिइन ।
घाइतेहरूको उनले युद्ध क्षेत्रमै गएर उपचार गरेपछि केही घाइतेहरू निको समेत भए । बिस्तारै नाईटिंगेलले यो कामलाई निरन्तरता दिइन र बिस्तारै उनको प्रसिद्धी पनि बढ्दै गयो । पछि उनी बिश्वभर चर्चित बनिन र यसरी नर्सको जन्म भयो भने त्यसपछि यो पेशा अंगाल्नेहरू बढ्न थाले र समाजमा, अस्पतालमा बिरामीहरूको सेवा गर्ने रूपमा हेरिन थालियो र नर्सको जन्म भयो । अत्यन्तै सम्मानजनक पेशा यो रहेको छ । हरेक वर्ष फलोरेन्स नाईटिंगेलको जन्म दिनको अबसर पारी मार्च १२ का दिन अन्तर्राष्ट्रिय नर्सिंगदिवस मनाइन्छ ।
फलोरेन्स नाईटिंगेलको जन्मदिनसंगै बिरामीहरूको उपचारमा संलग्न नर्सहरूको सम्मानमा यो दिवस मनाइने गरिन्छ भने । केही वर्षयता नेपालमा माघ १४ गतेका दिन नर्स दिवसका रूपमा मनाउने गरिएको छ । वर्षमा दुई पटक नर्सिंगदिवस मनाइएता पनि दिवसको अर्थ एउटै हो, बिरामीको सेवा र पेशाको सम्मान । त्यसैले बिरामीको उपचारसंगै राम्रो सेवा दिन सकियो भने यो दिवसको सान्दर्भिकता बढछ ।
नर्स जसलाई हामी स्वास्थ्य परिचारीका पनि भन्छौं, प्राय सबै महिलाहरू नै हुन्छन । त्यसैले नर्सलाई आदर पुर्बक सिष्टर पनि भन्ने गरिन्छ । नर्स बिना बिरामीको सेवा मात्र होइन अस्पताल, उपचार केन्द्रको कल्पना पनि गर्न सकिन्न । सेतो कोट, कपालमा सेतै रिबन अनि हातमा औषधी, अनि मुस्कान सहितको सेवा, यो नै नर्सको परिचय हो ।
सुरूवातको समयमा भन्दा अहिले धेरै नर्सहरू रहेकाछन भने विकास क्रम पनि भइरहेको छ । आधुनिक प्रविधिले फडको मारेसँगै नर्स पेशा अपनाउन यो बिषयमा अध्ययन गर्ने क्रम बढेको छ । नेपालमा नर्सिंग पेशाको इतिहास हेर्ने हो भो भने धेरै समय भएको छैन् । नेपालको जेठो अस्पताल बिरमा सुरूवातका बेला नर्स नहँुदा सबै काम चिकित्सकहरूले गर्दथिए । बिक्रम सम्त १९४७ मा बिर अस्पतालको स्थापना भएको हो र त्यतिबेला नर्सहरू थिएनन भने स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डरहरू कार्यरत थिए । तर नर्सका रूपमा कोही थिएनन् । २०१३ सालमा नसिंग पेशाको सूरूवात भएको बुझिन्छ । भारतबाट केही युवतीहरूले तालिम लिएर आएपछि नेपालमा नसिंंगको सुरूवात भएको हो ।
राणाकाल समयमा चारजना नेपाली चेलीहरू विधावती कंसाकार, राधा देवी मालाकार, धर्मदेवी कंसाकार र विष्णुदेवी राईले भारतको इलाहवादबाट स्वास्थ्य सहायकको तालिम लिएको इतिहास छ । चार युवतिहरूले तलिम लिएर आई सेवा दिन सुरू गरेपछि यो पेशाको महत्व बढेको हो ।
नेपालमा यो पेशाको तालिम नहुने भएपछि नेपाली युवतीहरू तालिमका लागि भारत जाने गरेको बुझिन्छ । भारतमा ४ वर्ष ९ महिनाको लामो नसिंग कोर्स गरेर आउने चलन बढेको थियो त्यतिबेला । समय अनुसार यो पेशाको महत्व बढ्दै गयो भने तालिम र अध्ययन गर्दै यो पेशामा आबद्ध भएर बिरामीको सेवा गर्ने चाहना धेरैको बढ्दा अहिले यो पेशा सबैको आकर्षण बनेको छ ।
बिदेशमा समेत यो पेशाको राम्रो सम्मान र रोजगारी सजिलै पाइने भएकाले यो पेशामा अहिले नेपाली युवतीहरूको धेरै आकर्षण छ । युवतीको तुलनामा युवाहरू केही मात्रामा यो पेशामा छन् । दशक भन्दा अघि पुरूषहरूले पनि यो पेशामा तालिम अध्ययन गर्दथे तर अहिले त्यस्तो पाइदैन् । सुरू सुरूमा यो पेशा अंगाल्नेलाई त्यति राम्रो मानिदैन थियो । तर अहिले समाजमा यो पेशालाई सम्मान जनक पेशाको रूपमा लिइन्छ ।
नेपाल नर्सिंग संघको तथ्यांक अनुसार २०१७ को ५ जनवरीसम्म नेपालमा नर्सेस गरेका ३९ हजार ७ सय ८६ जना रहेका छन भने अनमीहरू २७ हजार २ सय ९६ तथा बिदेशी नर्सहरू ८ सय २३ गरी कुल जम्मा ६७ हजार ९ सय ५ जना छन् ।
तर संघमा सोही अबधीसम्म जम्मा नर्सेसहरू १० हजार ९ सय १४ तथा अनमीहरू ५ हजार ४ सय १० गरी जम्मा १६ हजार ३ सय २४ जना मात्र दर्ता छन् । यो तथ्यांकले के देखाउँछ भने त्यत्रो जनशक्ती भएरपनि कामै नगरी बसेको हो, या संघमा दर्ता नगरी काम गरेको हो या बिदेशमा काम गर्न गएको हो, त्यसै थाहा पाउन सकिन्छ । अत अध्ययन पुरा गरेका, तालिम लिएकाहरू सबै खाली बस्नु भन्दा बिरामीको सेवामा लागे उत्तम हुन्छ । हामीहरू जो कोही बिरामी पर्न सक्छ
उपचारका क्रममा मुस्कान सहितको सेवा प्रदान गर्दा बिरामीमा आशाको ज्योति पलाएको हुन्छ र उसलाई छिटै सन्चो हुने अपेक्षा मनौबैज्ञानिक रूपमा पर्न जान्छ । त्यसैले पनि रातदिन बिरामीको उपचारमा जुटने नर्स प्रति सम्मान गर्नु जरूरी छ भने नर्सहरूले पनि आप्नो पेशा अनुसारको सेवा उपलब्ध गराई बिरामी मात्र नभई सबैको मन जित्न सक्नु पर्छ ।(शर्मा मझगाँवा स्वास्थय चौकीमा कार्यरत नर्सिंग स्टाफ हुन् ।)














