यस क्षेत्रको आर्थिक विकासका लागि सत्य, तथ्य र यथार्थपरक सूचना सामग्री प्रकाशन गर्ने लक्ष्यसहित स्थापित प्रकाशन गृह पोर्ट मिडिया प्रालिद्वारा प्रकाशित न्यूज ओके राष्ट्रिय साप्ताहिक प्रकाशन आरम्भ भएको एक वर्ष पुरा भएको छ । एक वर्षे अवधिमा पर्यटकीय, आर्थिक र सामाजिक बिकासले निकै अघि देखिएको यो क्षेत्रको बिकासका लागि हामीले आप्mनो प्रकाशन न्यूज ओके मार्फत् एउटा इँट्टा थपेको महशुस गरेका छौ ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रबेशद्वारका रूपमा रहेको सिद्धार्थनगरलाई आधार बनाई रंगीन कलेबरमा ग्लेस पेपरमा पत्रिका प्रकाशन गरी पाठकहरू समक्ष निःशुल्क रूपमा बितरण गरिनु निश्चय पनि चुनौतीको कार्य हो । पत्रिका प्रकाशनमा आर्थिक पाटो महत्वपूर्ण भए तापनि पाठकहरूले सूचना तथा जानकारी निःशुल्क रूपमा पाउनु पर्छ र सूचनाको हकका लागी पैसा खर्च गर्नु जरूरी छैन भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको पत्रकारिताको इतिहासमै पहिलो पटक हाम्रा पाठकहरूका लागि निःशुल्क रूपमा पत्रिका बितरण गरेका थियौ ।
आज दोश्रो वर्ष प्रबेशको अबसरमा पनि हामी हाम्रा पाठकहरूलाई पत्रिका निःशुल्क पढ्न पाउने बाताबरण बनाएका छौ । आशा छ पहिलो वर्ष जस्तै हामीलाई हाम्रा पाठकहरूले अबश्य पनि माया गर्नु हुनेछ । निःशुल्क रूपमा पत्रिका पढ्नु हुने सबै पाठकहरूलाई हामीले पत्रिकाको मेरूदण्डका रूपमा लिँदै भबिश्यमा निरन्तर सहयोग र सल्लाहको अपेक्षा राखेका छौ । यस क्षेत्रलाई देशको अर्थतन्त्रको मेरूदण्डको रूपमा स्थापित गर्न मद्धत पु¥याउने अभिप्रायसहित हामी संचार क्षेत्रमा प्रबेश गरेका हौ । एक बर्षको अवधिमा हामीले यस क्षेत्रका आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक, स्वास्थ्य, खेलकुद, पीछडा, गरिब तथा सामाजिक न्यायलगायतका क्षेत्रका मुद्धाहरूलाई प्राथमिकता साथ पाठक सामु पस्केयौं ।
प्रेस समाजको दर्पण हो । यो अवसरमा हामी न्यूज ओके मार्फत् सरोकारवाला संस्थाहरूलाई सदैब घचघच्याई रहने अठोट गर्दछौ । हामीलाई निरन्तर सहयोग गर्नु हुने पाठक बर्ग, लेखक, विज्ञापनदाता, प्रकाशन गृहका कर्मचारी एबं बितरक, सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, राजनीतिक दल, सञ्चारकर्मी एवं संबाददाता साथीहरू, मुद्रण संस्था, प्रहरी प्रशासन सबैमा न्यूज ओके पत्रिका प्रकाशन भएको दोश्रो बर्ष प्रबेशको उपलक्ष्यमा हार्दिक आभार ब्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षासहित उत्कृष्ट पठनीय सामग्रीसहित निरन्तर तपाइँहरू माझ आउने प्रण गर्दछौ ।
बिमल सेञ्चुरी
(अध्यक्ष)













