‘समिति र सवारी धनीको संरक्षण मेरो प्राथमिकता’ : सूर्य कुमार सारु मगर अध्यक्ष (सिद्धार्थ यातायात व्यवसायी समिति, रुपन्देही)

0
47

सिद्धार्थ यातायात ब्यबसायी समितीको २९ औं बार्षिक साधारण सभा तथा २१ औं अधिबेशनले नयाँ नेतृत्व चयन गर्दैछ । साउन १५ गते हुने अधिबेशनमा बर्तमान अध्यक्ष सूर्यकुमार सारू मगर र पूर्ब अध्यक्ष सञ्जिब रोक्का छुट्टा छुट्टै प्यानल बनाई निर्बाचनमा उत्रिएका छन् । अध्यक्ष पदका दुबै उम्मेदवारहरूले बस ब्यबसाय र ब्यबसायीको हकहित र आम सर्बसाधारणका लागी भरपर्दो यातायात सेवा प्रदान गर्ने आफुहरूको अभियान निरन्तर चलिरहने बताउँदै आएका छन् । बर्तमान अध्यक्ष सारू मगरले आफ्नो तीन बर्षे कार्यकालमा सुधारका धेरै काम भएको बताउँदै समितीलाई चुस्त प्रदान गर्न पुनः आफ्नो उमेदवारी रहेको बताउँछन् । सारूसंग न्यूज ओकेले गरेको कुराकानीको केही अंश यहाँ प्रस्तुत गरेका छौ ।

पुनः अध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?

हो, सबैलाई लाग्न सक्छ पुनः उम्मेदवारी किन भन्ने । यो साचो पनि हो । पहिलो कुरा त उम्मेदवारी बिधान ऐन अनुसार हो । बिधानले एकै पदमा दुई कार्यकाल रहन पाईने ब्यबस्था गरेको छ । अर्को कुरा मेरो पहिलो कार्यकालमा धेरै कार्यहरू भएका छन् । दोश्रो कुरा मेरो उम्मेदवारी भनेको बर्तमान बस समिति साथै सवारीधनीको संरक्षणका लागी हो । बाकी केही काम छन्, जस्ले समिती, सवारी धनी लाई मजबुत बनाउछ भने यात्रुहरूलाई सर्बसुलभ रूपमा गुणस्तरीय यातायात गराउन मद्धत गर्छ, ति बाकी काम पुरा गर्न पनि मेरो उम्मेदवार हो ।

सर्बसम्मत बनाउन किन सकिएन ?

हामीहरूले सर्बसम्मत बनाउन चाहेकै हौ । सर्बसम्मत हुन सकेको भए समिती अझ मजबुत रूपमा अघि बढने थियो । हामी सबैको चाहना उत्कृष्ट बस ब्यबसायी समिती बनाउनु हो जित जसको होस । पदाधिकारी चयनका लागी सर्वसहमति गराउन आन्तरिक र बाहिरीरूपले पहल भएको हो तर पदको आकान्क्षीहरू धेरै भएपछि कसैलाई उम्मेदवारी नदिनुहोस भन्न सक्ने अवस्था रहेन । हामीहरूले सबैसम्मत बनाउने प्रयास गरेता पनि सकेनौ । प्रजातान्त्रिक सस्कार र अभ्यास अनुसार कार्य समिती चयन हुन्छ । सबै सदस्यहरूले आफुले चाहेको रोजेको उम्मेदवारलाई मतदान गरी बिजयी बनाउनु हुनेछ ।

अध्यक्ष हुदा के–के काम गर्नुभयो ?

म बर्तमान कार्य समितीको अध्यक्षको हैसियतमा रही काम गर्दा राम्रा काम हरू भएका छन् । विशेष गरेर सवारीधनी,कर्मचारी र मजदूरहरूको लागी सामाजिक दायित्वको कार्यहरू गर्न सफल भएको छु ।
पूर्व अध्यक्षहरूको सम्मान गर्दै आजिवन र सवारीधनीहरूलाई दश लाखको दुर्घटना विमा, स्थायी कर्मचारीहरूको जिवन विमा, सवारीधनी,कर्मचारीको असामायिक निधन भएमा उनका आश्रित परिवारलाई दुई लाखको आर्थिक सहयोग, साथै चालक, परिचालक र हेल्परको मृत्यु भएमा ७५ हजार र ५०÷५० हजार प्रदान गरिने ब्यबस्था गरे । त्यस्तै गरी सवारीधनी, कर्मचारीहरूलाई मेडिकल फेसिलेटी अनुसार कुनै पनि अपरेशन, मुटु, मृगौला र क्यान्सर रोग भएको खण्डमा रू. ५० हजार सम्म राहत सहयोग गरिरहेका छौ । साथै लुम्बिनी र वेलहिया देखि पोखरासम्मको लागी धेरै मेहनत गरेर दुई वटा स्तरिय गाडी पठाउन सफल भएका छौ । बुद्ध सर्किट घुम्न (सिद्धार्थनगर–लुम्बिनी– कपिलबस्तु– देबदहरामग्राम (परासी)) सम्म स्तरिय बस र काठमाण्डौको लागी एसी र डिलक्स बस संचालन गरेका छौ । त्यसको संगसंगै पुराना विस वर्षे जिपधनिहरूलाई सुविधा दिएर विस्थापित गरी नयाँ बसहरू संचालन गरेका छौ । मेरो कार्यकालमा भएका मुख्य कामहरू हुन् । अन्य सस्थागत र सामाजिक कामहरू पनि धेरै भएका छन् ।

अध्यक्ष पदमा निर्बाचित भए के काम प्राथमिकतामा छ, के गर्नु हुन्छ ?

पुनह अध्यक्ष पदमा निर्बाचित भए पछि देशभर अन्य संघसमितिसंगको सहकार्य र सहमतिमा स्तरिय बसहरू संचालन गर्ने, अहिले भएका सवारीधनीहरूको लगानीलाई र समितिलाई संरक्षण गर्ने, विशेष गरेर दुर्घटना न्यूनिकरणको लागी सरोकार समूहहरूसंग मिलेर कार्य गर्नेछु । यात्रुहरूलाई आरामदायी यातायातका लागी प्रतिबद्ध र यो सिद्धार्थ बस ब्यबसायी समितीलाई नेपालकै नमुना समितीको रूपमा स्थापित गर्ने मेरो लक्ष्य हुने छ ।

Leave a Reply