सिद्धार्थनगरमा निर्बाचित जनप्रतिनिधीको , आज सपथग्रहण र पदभार ग्रहण कार्यक्रम
न्यूज ओकेले मेयर अधिकारीले पदभार संगै पहिलो कुन निर्णयमा हस्ताक्षर गर्लान भनेर हामीले जनताहरुको राय सामाजिक सञ्जाल मार्फत बुझने कोशिस गरेका थियौ । मेयरले के निर्णय गर्लान त भनेर उनिहरुको केही जवाफ यहा प्रस्तुत गरेका छौ, आशा गरौ जनताको सुझाब सल्लाह मेयर अधिकारीले ग्रहण गर्दै पहिलो निर्णय गर्नेछन् ।
मनोरञ्जन शर्मा भैरहवा, २३ असार
सिद्धार्थनगर नगर पालिकाको निर्बाचित जनप्रतिनिधीहरुको सपथग्रहण र पदभार ग्रहण कार्यक्रम आज हुदैछ । निर्बाचित मेयर हरि प्रसाद अधिकारी, उप मेयर उमा काफ्ले, लगायत सबै वडा अध्यक्ष र सदस्यहरुले दिउसो सिद्धार्थ उद्योग बाणिज्य संघको सभाहलमा सपथ लिने छन् ।
सपथ लिए पश्चात निर्बाचित प्रमुख उप प्रमुखले आईतबार बिहान पदभार गर्ने कार्यक्रम रहेको छ ।
अहिले सबैको चासोको बिषय बनेको छ, निर्बाचित मेयर हरि प्रसाद अधिकारीले पदभार ग्रहण गरे संगै पहिलो निर्णय के गर्छन् भनेर । देशभरमै प्रमुखहरुले गरेको पहिलो निर्णयहरु चर्चित संगै बिबादीत भएको समाचारहरु आएको सन्दर्भमा सिद्धार्थनगरका मेयर हरि प्रसाद अधिकारीले पहिलो निर्णय के गर्लान भनेर अहिले चर्चाको बिषय बनेको छ । लामो समय देखि जनप्रतिनिधी नहुदा भद्रगोल बनेको नगरपालिकालाई ट्रयाकमा लैजान मेयर अधिकारीले गर्ने पहिलो निर्णय निश्चयपनि नगर बिकाश र सिद्धार्थनगर संगै वरपरका क्षेत्रको सम्बृद्धीका लागी स्वर्णिम निर्णय बन्नुपर्छ ।
न्यूज ओकेले मेयर अधिकारीले पदभार संगै पहिलो कुन निर्णयमा हस्ताक्षर गर्लान भनेर हामीले जनताहरुको राय सामाजिक सञ्जाल मार्फत बुझने कोशिस गरेका थियौ । मेयरले के निर्णय गर्लान त भनेर उनिहरुको केही जवाफ यहा प्रस्तुत गरेका छौ, आशा गरौ जनताको सुझाब सल्लाह मेयर अधिकारीले ग्रहण गर्दै पहिलो निर्णय गर्नेछन् ।
हरिश सेठिया
मेरो बिचारमा निर्बाचित मेयरले सिद्धार्थनगर भित्रका सबै वडाहरुको सार्बजनिक जग्गाहरुको लगत बुझी त्यस्को संरक्षण गर्दै मास्टर प्लान बनाउने योजना गराउनु पर्छ ।
प्रतिक पौडेल
यस नगर भित्र रहेका झुपडीमा र खरको छानामा बस्ने बिपन्न बर्ग र बिमानस्थल निर्माणका क्रममा जग्गा अधिग्रहण भई पिडित परिवारलाई सुबिधा सम्पन्न बस्ती निर्माण गर्ने ।
बिष्णु गौतम
हरा भरा सिद्धार्थनगर अभियान लाई बढी भन्दा बढी प्राथमिक दिनु पर्छ साथै प्रत्येक घर आगन अगाडि जग्गाले पुगेसम्म या छ्तमा भए पनि (छतमा सानो बिरुवा ) कम्तीमा तीन बिरुवा लगाउन पेरित गर्नु पर्छ ।
हालै जति पनि निर्माण भएका सडक पेटि कहि कहि बाहेक गुड स्तर भएको भएता पनि सुन्दरतामा ख्याल नगरिएको हुदा सडक पेटिमा हिडदा ठेस लाग्ने नया निर्माण भएको नालाहरुमा सफा नगरिएको निर्माण सामग्री नालामै भरिएको हुदा पानी न बग्ने भएको जताततै देखिन्छ ।
सर सफाइ गर्ने क्रममा खुला या पालुवा गाई भैसिको दिशा सडकमा सफाइ कर्मचारीबाट उठाईदैन सफाईको क्रममा सो को पनि ब्यबस्था होस ।
गहनाको रुपमा नगरपालिका रहेका सभागृह बसपार्क सपिङ कम्प्लेक्स पार्क आफ्नै ब्यबस्थापनमा संचालित होस ।सार्बजनिक सुलभ सौचालय ५०० मिटरमा ब्यवस्था गरियोस ।
खुला सडकमा हिडने जनावरको नियन्त्रण गरियोस । नगरको सडक किनारामा फ्याकिएको फोहर कुकुर आदि जनावरले जताततै होडल्ने फैलाउने खास बिहानी पख यस्तो दृश्य नगरमा देखिने गर्छ के कसरी हुन्छ समाधानको उपाए गरियोस।
घर पसल अगाडि को फोहर सोही घर पसल अगाडिकै निगरानी जिम्मेवारी दिनुपर्ने जस्ता बिषयमा केन्द्रित रही पहिलो निर्णय गर्नु पर्छ ।
सन्तोष कुमार बर्मा
सिद्धार्थनगरको प्रत्येक वार्ड तथा सार्बजनिक स्थलमा सार्बजनिक शौचालय निर्माण गर्ने काम
धिरज मल्लिक
नाम मात्रको खुल्ला दिशामुक्त सिद्धार्थ नगर मा ठाँउ ठाँउ मा सार्वजनिक सौचालय, निजि साझेदारी अवधारणा अन्तर्गत लिजमा दिइएको सार्वजनिक जग्गा, पार्क, हल आदि यथासिघ्र आफ्नो अधीन मा राखी कार्यान्वयन मा ल्याउने काम गर्ने गरी पहिलो निर्णय गर्नु पर्छ ।
सञ्जय सिंह केसी 1.Monsoon is kicking in pretty hard and most inner roads including the road connecting Bank Colony to Gallamandi is flooded. Immediate measures should be taken to solve the drainage problems in Bhairahawa.
2. Rapid measures should be taken to make Bhairahawa a clean and green city. Plant and protect trees both in the highway section and Barmelitole – Milan chok section of Bhairahawa.Apply strict measures to stop littering.
3. Apply pressure to complete the road construction in the Barmelitole -Anchalpur section ASAP.
4. Management of the BP path Putali bazar- sanitation and parking in the area.
5. Swift service with help desk at the municipality.
6. Revive the glory of the city hall/ Mahendra Sabhagriha, renovate it as a favorable destination to host international level conventions.
7. Investigate on the Government/Public property and land which has been leased in the S.N.P area by the municipal administration.
8. Allocate a proper park for children/ aged people/ Public where they can jog/ pass time/ play and indulge in recreational activities.
9. Renovate and maintain the Picnic spot in Meudihawa.
10. Restart the Youth targeted events including the popular sports contests and tournaments.
11. The pavements and footpath along the prahari tole leading to paklihawa road is in bad condition. The tiles and drain cover has been removed at many places leaving pot holes. It causes risk of injury or accidents. It has to be taken care of ASAP.
12. Regulate the rickshaw fare and initiate to conduct public transport facility around the city connecting Barmeli tole, Airport, Milanchok, UCMS and Devkota chok.
शुशिल पौडेल एक घर एक बिरुवा अभियान चलाउनुस । घर बनाउदा नक्सा र पास खर्च निशुल्क गर्नुुुस । सम्पन्नताको प्रमाणपत्र दिदा बिरुवा छैन भने नदिनुस । अनि मात्र हराभरा नगर योजना सफल हुन्छ ।
श्रीधर शर्मा रेग्मी सिद्धार्थ नगरमा जनप्रतिनिधिले पदबहालि गरेपछि जनतालाई अब नगरपालिकाले शुसान दिन शुरु गर्याे भन्ने नतिजा आउने काम गर्न हाल त्यहाँ रहेका सम्पूर्ण कर्मचारीलाई कडा निर्देशन दिने ।
रबि कुमार रौनियार पहिलो निर्णय भनेको एतिहसिक हुनुपर्छ्र । हामी नेपाली हुनु मा गर्व गर्ने आट तथा यो राष्ट्रका एकिकरण गर्ने वीर योद्धा, सम्पूर्ण संसार लाई वीर गोर्खाली बाट चिनाउने स्वर्गिय राजा पृथ्वी नारायण शाह को तस्विर नगरपालिका को मुल ढोका तथा नगर प्रमुख ज्यु को कार्यकछ मा राख्नु पहिलो कार्य हुनुपर्छ्र । यो स्वर्गिय राजा पृथ्वी नारायण शाह लाई सम्पूर्ण सिद्धार्थनगर वासी बाट एउटा भावपूर्ण श्रद्धान्जली पनि हुनेछ्र ।
त्यस पस्चात समग्र नगरको बिकास र उन्नत जनता नै नगर प्रमुख ज्युको पहिलो प्राथ्मिकता हुनुपर्दछ्र ।
सुनिल सेञ्चुरी
राम्रो सडक, ढलनाला ब्यबस्थापन र सार्बजनिक सौचालय निर्माणमा केन्द्रित रही निर्णय गर्नु पर्छ ।
केतन बोहोरा
सिद्धार्थनगरको बजार क्षेत्रहरु कम्तिमा राती १० बजे सम्म सञ्चालन हुने, चहलपहल हुने अबस्था ल्याउने निर्णय गर्नुस ।
कुमार केसी
बिगत लामो समय देखि रोकिएको महात्मा बुद्ध गोल्डकप फुटबल प्रतियोगिता यसै बर्ष देखि पुनह आयोजना गर्ने निर्णय ।
डि.पी. शर्मा
निर्बाचनको क्रममा एमाले द्धारा तयार गरीएको गितमा जे उल्लेख छ, त्यही होस ।
रमेश पोखरेल
बोर्डरमा टाईट गर्नु पर्छ ताकी लागु औषध नेपाल नभित्रियोस ।
सौरभ शर्मा
खुला चौयापा र कुकुर लाई ब्यबस्थापन।
महेश भुर्तेल
लोड सेडिंग मुक्त सिद्धार्थनगर बनाउने ।
बिपिन अधिकारी
हरि अधिकारीले कुनै महत्वपुर्ण निर्णय गर्दैनन् ।
सुधिर घिमिरे
चौपाया , सार्बजनिक शौचालय, लोकेशन सिम्बल, सरसफाई ब्यबस्थापन ।
बिज्ञान घिमिरे
स्मार्ट शिटी । सब कुरा यस भित्र पर्छ ।
तम लाल पन्थि
बिग्रेका, खाल्डाखुल्डी भएका भैरहवाका सबै क्षेत्रको सडक को बारेमा बिचार गर्ने ।














