बाघ पत्ता लगाउन सिसिटिभी क्यामरा जडान

0
121

बाघ बस्नसक्ने संभावित क्षेत्र, हिंँडडुल गर्ने जैविक मार्ग, आहार गर्ने क्षेत्रलगायत स्थानको अनुसन्धान गरे पछी टोलीले सिसिटिभी राखेको हो ।

न्यूज ओके रिपोर्टर
भैरहवा ।

शंकरनगर सामुदायिक वनमा बाघ भएको नभएको पत्ता लगाउनका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ ।
जिल्ला वन कार्यालयको नेतृत्वमा डब्लुडब्लुएफका वन्यजन्तु अनुसन्धान अधिकृतसहित दुई दिनदेखि शंकरनगर क्षेत्रमा खटिएका प्रविधिज्ञ टोलीले सिसिटिभी क्यामरा सोमबार बिहान जडान गरेका हुन् । बनक्षेत्र भित्र बाघ बाँदरसँग लडेको स्थानीयवासीले देखेपछि सामुदायिक वनमार्फत आएको टोलीले बाघ हिंँडेको क्षेत्र निरीक्षण गर्नाका साथै सर्भेको काम दुई दिन लगाएर सम्पन गरेको थियो ।
जिल्ला बन कार्यालय रूपन्देहीका सहायक वन अधिकृत गिरिप्रसाद गैरेले ५० वटा सिसिटिभी क्यामरा जडान गरिएको बताए । बाघ बस्नसक्ने संभावित क्षेत्र, हिंँडडुल गर्ने जैविक मार्ग, आहार गर्ने क्षेत्रलगायत स्थानको अनुसन्धान गरे पछी टोलीले सिसिटिभी राखेको हो । यो क्यामरासाउन ३० गतेसम्म त्यस क्षेत्रमा राखीनेछ । क्यामरालाई फरक फरक स्थानमा राखीएको छ । बिचको समयमा क्यामराको अनुगमन, निरीक्षणका लागी प्राबिधिक टोली राखीएको छ ।
शंकरनगर सामुदायिक वन, रामनगर सामुदायिक वन बुटवल, करहिया सामुदायिक वनलगायतका स्थानका वन क्षेत्रमा बाघ भए नभएको अनुगमन तथा अनुसन्धान सुरू भए पछी रूपन्देहीका सामुदायिक बनहरूमा पनि बाघ रहेको हुन सक्ने अनुमान गरीएको छ ।

Leave a Reply