‘अध्यारोबाट उज्यालोतर्फ” भन्ने मूल लक्ष्यसहित तत्कालिन समयमा स्थानीय समाजसेवीहरूको भेलाले स्व.नथमल अग्रवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरी शुरूका दिनमामा भैरहवा भीम अस्पतालमा लुम्बिनी आँखा अस्पतालको नामबाट स्थापना भएको थियो । तत्कालिन समयमा डा. शुदर्शन प्रसाद धिताल सहित ४ जना कर्मचारीले आँखा अस्पतालमा काम सुरू गरेका थिए । तीन दशकको अवधिमा यो अस्पताल अहिले दक्षिण एशियाकै नमुना आँखा अस्पतालको रूपमा देखिन पुगेको छ ।
न्यूज ओके रिपोर्टर, भैरहवा
३३ बर्ष अघि नेपाल नेत्र ज्योति संघ स्थापना भई संघद्वारा संचालित भैरहवाको श्री रण अम्बिका शाह आँखा अस्पताल अहिले देशकै अग्रणी आँखा अस्पतालका रूपमा परिचित छ । स्थापना काल देखि नै आँखा रोगका विरामीहरूको गुणस्तरीय सेवा प्रदान गर्र्दै आएको कारण स्वदेश मात्र नभई छिमेकी देश भारतमा समेत यो अस्पताले ख्याती प्राप्त गरेको छ । त्यसैले भारतका बिभिन्न शहरबाट आँखा उपचारका लागि यो अस्पतालमा बिरामीहरू आउने गरेका छन् ।
‘अध्यारोबाट उज्यालोतर्फ” भन्ने मूल लक्ष्यसहित तत्कालिन समयमा स्थानीय समाजसेवीहरूको भेलाले स्व.नथमल अग्रवालको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरी शुरूका दिनमामा भैरहवा भीम अस्पतालमा लुम्बिनी आँखा अस्पतालको नामबाट स्थापना भएको थियो । तत्कालिन समयमा डा. शुदर्शन प्रसाद धिताल सहित ४ जना कर्मचारीले आँखा अस्पतालमा काम सुरू गरेका थिए । तीन दशकको अवधिमा यो अस्पताल अहिले दक्षिण एशियाकै नमुना आँखा अस्पतालको रूपमा देखिन पुगेको छ ।
त्यसपछि सिद्धार्थपूर्ण शान्ति आँखा अस्पताल नामाकरण हुँदै केही समय पश्चात् स्थानीय समाजसेवी, सिद्धार्थनगर नगरपालिका, सेवा फाउण्डेशन अमेरिका, सेवा सर्भिस सोसाइटी क्यानाडाको सहयोगमा २०५० सालमा एउटा भवन निर्माण गरी हाल लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल स्थापनाका साथै अत्याधुनिक आँखा उपचारको थालनी भएको थियो । अस्पतालको भवन निर्माण गर्न जग्गा दान गर्ने दाता रण बहादुर शाह र उनकी धर्मपत्नीको नाम अस्पतालमा जोडिँदै अहिले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान, श्री रण अम्बिका शाह आँखा अस्पतालका रूपमा सेवा प्रदान गर्दै आएको छ ।
नेपाल नेत्र ज्योति संघ रूपन्देहीको कार्यक्षेत्र रूपन्देही जिल्ला भए तापनि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान मार्फत् यसले लुम्बिनी अंचलका ६ वटै जिल्लामा सेवा प्रदान गरेको । यससँगै प्यूठान, धनकुटा, ताप्लेजुङको सुदुर पहाडी क्षेत्रमा समेत सेवा पु¥याउदै आएको नेपाल नेत्र ज्योति संघ रूपन्देहीका सचिब गणेशबहादुर क्षेत्रीले बताए ।
आँखा अस्पताललाई विरामीहरूको आँखा उपचार केन्द्रमा मात्र सिमित राख्नु हँुदैन भन्दै २०६१ सालमा लुम्बिनी आई इन्ष्टीच्युट स्थापना गरि आँखा सम्बन्धी विशेषज्ञ डाक्टरहरू एंव नेत्र सहायकहरूको अध्यापन गराउने कार्य सुरू गरेको छ । हाल अस्पतालबाट अध्धयन पुरा गरेका नेत्र सहायक एंव डाक्टरहरू देशको विभिन्न अस्पतालहरूमा कार्यरत छन् ।
अस्पतालमा अहिले दैनिक सरदर ८ सयसम्म आँखा बिरामीहरूले बहिरंग सेवा (ओपिडी) लिने गरेको छन् भने अस्पतालले १ सय ५० प्रकारका आँखाका बिभिन्न रोगहरूको उपचार गर्दै आएको छ । अस्पतालबाट गत वर्ष २०७३÷०७४ मा कुल २ लाख ३४ हजार ४ सय ५३ जना विरामीलाई बहिरङ्ग सेवा उपलव्ध गराइएको अस्पतालका निर्देशक डा.सलमा केसीले जानकारी दिइन् । गत बर्ष मात्रै ३२ हजार १ सय ६ जनाको आँखाको शल्यक्रिया गर्न सफल भएको डा. केसीले बताइन् ।
यो अस्पतालसहित अन्य शाखा अस्पताल र उपचार केन्द्रले समेत गरि गत वर्ष २०७३÷०७४ मा कुल ४ लाख ३५ हजार ५ सय ९० जना विरामीलाई वहिरङ्क सेवा उपलव्ध गराइएको थियो । अस्पतालले चालु बर्षको पुस मसान्तसम्म १ लाख ७ हजार १ सय ६७ जनालाई बहिरङ्ग सेवा उपलव्ध गराइएको र सो भध्ये १४ हजार ६ सय ४ जनाकोे शल्यक्रिया भएको अस्पतालले जनाएको छ । अस्पतालले आर्थिक रूपमा बिपन्न तथा असहाय हरूलाई निःशुल्क उपचार सेवा समेत प्रदान गर्दै आइरहेको छ । गत बर्ष ६ सय ७१ जना बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको जनाएको छ ।
अस्पतालमा आउन नसक्ने असहाय विरामीलाई ध्यानमा राखी सोही क्षेत्रमा केन्द्र विन्दू बनाउँदै नियमित सामुदायिक बाह्य कार्यक्रमहरू संचालन समेत गर्दै आइरहेको छ । अस्पताल अन्तर्गत पाल्पा, बुटवल र परासी गरी हाल ३ वटा जिल्ला स्तरीय आँखा अस्पताल छन् । यस्तै तम्घास, सन्धीखर्क, तौलिहवा, प्यूठान, कृष्णनगर तथा लुम्बिनीमा (एलईआई) गरी ६ वटा प्राथमिक उपचार केन्द्र छन् । शाखा अस्पताल एंव उपचार केन्द्रबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको र भविष्यमा अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउने नेपाल नेत्र ज्योति संघ रूपन्देहीका अध्यक्ष सागरप्रताप राणाले बताए ।
‘अस्पतालमा अहिले उपचारमा प्रयोग हुने प्रबिधिमा दक्षिण एशियामै उत्कृष्ट रहेको छ । अझै पनि उत्कृष्ट सेवा दिनका लागि हामी कटिबद्ध छांै’, अध्यक्ष राणाले भने । ‘हामीहरू हाम्रो नगरलाई आँखा रोगीमूक्त नगर बनाउन पहल समेत गरिरहेका छौं । नगरपालिका क्षेत्र भित्र वसोवास गर्ने असहाय एवं गरिब नागरिकहरूलाई आँखा उपचार गराउनबाट वञ्चित हुन नपरोस् भनी संघले नगरपालिकासँग सहकार्य गरि निःशूल्क रूपमा मोतिया विन्दूको शल्यक्रिया कार्यक्रमका लागि पहल सुरू गरेका छौ’, अध्यक्ष राणाले भने ।














