प्रतिस्पर्धाले हवाई भाडा घट्यो

0
26

न्यूज ओके रिपोर्टर । भैरहवा ।

निजी बिमान सेवा कम्पनीहरूले प्रतिष्पर्धा गर्दै भैरहवा–काठमाण्डौ–भैरहवा सेक्टरमा हवाई भाडादर घटाएपछि त्यसको प्रत्यक्ष फाइदा यात्रुहरूले पाउन थालेका छन् ।
यो रूटमा बिमान सेवा उपलब्ध गराइरहेका बुद्ध र यती एअरले उडान थपे लगत्तै यात्रुहरूलाई आकर्षित गराउन भाडा दर घटाएका छन् ।
भैरहवा–काठमाण्डौ एकतर्फी भाडा दर अहिले बुद्ध, यती र सिम्रिकले ३ हजार रूपैयाँ गराएका छन् । बुद्ध एअरले एटीआर ७२ बिमानबाट दैनिक ३ उडान गरेकोमा बढाएर ४ पु¥याए लगत्तै यात्रुहरूको सुबिधाका लागि भन्दै सस्तो भाडादर ३९ सयबाट सुरू गरेकोमा अहिले दैनिक जसो ३ हजार रूपैयाँमा यात्रुहरू उडाइ रहेको छ ।
हामीले यात्रुहरूले सहज रूपमा यात्रा गर्न पाउन भन्दै सस्तो हवाई भाडादर कायम गरेका हौं, प्रतिष्पर्धा भएर होइन, बुद्ध एअरका बरीष्ठ प्रबन्धक तथा भैरहवा स्टेशनका प्रमुद दर्शन घिमिरेले भने । दैनिक ४ उडान भए पनि यात्रुहरू पर्याप्त हुनुहुन्छ, सस्तो टिकट हुँदा यात्रुहरूलाई सजिलो भएको छ, घिमिरेले भने । अहिले बुद्धले २६ सय रूपैयाँ सम्म हवाई भाडा दरका टिकट बिक्री गरिरहेको छ ।
उता बुद्ध एअरले हवाई भाडा कम गरे लगत्तै यती एअरले पनि हवाई भाडा घटाएर तीन हजार कायम गरेको छ । अहिले यतीले दुईबाट उडान बढाएर संख्या तीन बनाएको छ ।
दुबै कम्पनीले हवाई भाडा कम गराएपछि सिम्रिकले पनि बाध्य भएर हवाई भाडा कम गरी ३ हजार रूपैयाँ गरेको छ । प्रतिष्पर्धा भन्दा पनि हवाईयात्रुलाई सहुलियत दिने उद्धेश्यले हवाई भाडादर हाललाई ३ हजार गरिएको सिम्रिक एअर भैरहवा स्टेशनका प्रबन्धक मुकेश झाले बताए । सिम्रिकको दैनिक एक उडान रहेको छ ।
उता सुरू देखिनै सस्तो हवाई भाडा दर कायम गरी सेवा दिइरहेको नेपाल एअरलाइन्सको उडान नियमित छैन र पहिलाबाटै भाडा ३ हजार रहेकोमा न्यून यात्री मात्र त्यसमा उड्ने गरेका छन् । नेपाल एअरलाईन्सको तीन महिने उडान तालिकामा मार्च ३१ सम्म नियमित दैनिक एक उडान भनिए पनि उडान भने अनियमित छ र उडान भएका दिन पनि न्यून यात्रुहरू हुने गरेको ट्राभल एजेन्सीहरूले बताएका छन् ।
बिमान सेवा कम्पनीहरूले हवाई भाडा दर घटाउदा यात्रुहरूलाई फाइदा भएको हवाईयात्रु कृष्ण प्रसाद नेपालले बताए । अब सस्तो भाडा दर कुन बिमान सेवामा कति छ भनेर बुझेर मात्रै टिकट काट्ने गरेको छु, नेपालले भने । अन्य समयमा यो रूटको भाडादर अत्यधिकमा ६हजार रूपैया थियो ।
अन्य समयमा टिकट पाउन पनि मुस्किल हुने गर्दथ्यो तर अहिले हवाई यात्रा गर्दा सस्तो टिकट भए पछि यात्रीलाई निकै सजिलो भएको छ, पर्यटन ब्यवसायी तथा हाम्रो ट्राभल्सका प्रबन्धक मनोज उपाध्यायले भने । भैरहवाबाट अहिले दैनिक ९ उडान काठमाण्डांैका लागि छन भने श्री एअरलाइन्स र सौर्यले पनि छिटै उडान सुरू गर्ने भएका छन् ।
बन्द हडतालका कारण स्थलमार्ग हुँदै विभिन्न ठाउमा जाने यातायातका साधन नचल्ने र चलेका यात्रुबाहक साधन पनि गन्तब्यमा पुग्ने हो वा होइन भन्ने अन्यौल संगै तथा नारायण गढ मुग्लिङ्ग सडक खण्ड निर्माण चलिरहदा उक्त सडकमार्ग बेला बेलामा बन्द हुने भएकाले अहिले हवाईयात्रुहरू बढिरहेका छन् ।

Leave a Reply