सुनौली गोरखपुर सडक खन्डमा दुर्घटना
कम्तिमा ८ को मृत्यु, ७ जना नेपाली रहेको आसंका

न्यूज ओके रिपोर्टर
भैरहवा, २३ भदौ

सुनौली – गोरखपुर सडक खण्डको पुरन्दरपुर नजिकै देवपुरचोकमा शुक्रबार दिउसो करिब पौने तिन बजे दुर्घटना हुदा कम्तिमा ८ जनाको मृत्यु भएको र त्यस्मा ७ जना नेपाली रहेको आसंका गरीएको छ ।

गोरखपुर बाट सुनौली तर्फ आईरहेको यूपि ५३ सिटी ७२०२ नम्बरको टाटा इंन्डिगो कार र सुनौलीबाट गोरखपुर तर्फ जादै गरेको यूपि ५२ टि ४३७७ नम्बरको टैन्कर एकापसमा जुद्धा चालक सहीत ८ जनाको घटनास्थलमै मृत्यु भएको भारतिय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाईम्सका सुनौली सम्बाददाता आलोक जोशिले बताएका छन् ।
अहिले सम्म कार चालकको मात्र सनाखत भएको छ । उनको नाम अब्दुल हफिज बताईएको छ । मृत्यु हुनेमा २ बच्चा , एक महिला र पाँच पुरुष रहेका छन् ।

ड्राईभर बाहेक सबै मृतकहरु नेपाली भएको बताईए पनि सनाखत हुन नसकेको र त्यसतर्फ प्रहरी आबश्यक जाचबुझका लागि प्रहरी खटाईएको रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक श्याम लाल ज्ञवालीले न्यूज ओकेलाई बताए । मृतकहरुको कुनै परिचप पत्र फेला नपरेकोले नेपाली नागरिक हो होईन भन्ने खुलेको छैन् ।

प्रतक्ष्यदर्शिका अनुसार टैन्कर चालकले मादक पदार्थ सेबन गरेको र सहचालक(खलासी)ले टैन्कर चलाईरहेको थियो। चलक संगै अन्य दुई महिला समेत रहेको र घटना पछी टैन्करमा रहेका सबै तत्कालै फरार भएको बताईएको छ ।

 

 

Leave a Reply