रुपन्देही प्रहरीको चाडपर्ब लक्षित बिशेष सुरक्षा योजना

0
1257

न्यूज ओके रिपोर्टर
भैरहवा ।

दशैँ,तिहार र छठ पर्बलाई मध्यनजर गर्र्दै रुपन्देही प्रहरीले विशेष सुरक्षा योजना सुरु गरेको छ ।  शहर बजारका मुख्य मुख्य स्थान,ग्रामिण क्षेत्रमा गस्ती देखि भैरहवा,बुटवल बाट पुर्ब पश्चिमका लागी छुटने सार्बजनिक रात्री सवारीसाधनमा हतियार सहितका ५ टोली रहने समेतका योजना सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक बुद्धी राज गुरुङ्गले बताए ।

सर्बसाधारणले चाडपर्ब राम्ररी मनाउन सकुन,घर जाने यात्रुहरुको यात्रा सुरक्षित होस,शहर गाँउबस्तीमा शान्ती होस भन्नेहाम्रो उद्धेश्य हो,चाडबाडमा मात्र नभई सधैभरी शान्ति सुरक्षाको प्रत्याभुती जनताले गर्न सक्नु पर्छ,भन्ने मान्यता हो,प्रहरी प्रमुख गुरुङ्गले भने ।

अन्य समयमा भन्दा चाडपर्बमा बढी चोरीचकारी हुने,दुर्घटना बढने,झै झगडा गर्ने बढी हुन्छ,त्यसैले आम सर्बसाधारण पनि अलि सचेत र चनाखो हुनु पर्छ,प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न गाह्रो पर्छ,जनताको साथ सधै भैरहयो भने धेरै सजिलो हुन्छ,गुरुङ्गले भने ।

रुपन्देही प्रहरीले सुरु गरेको सामान्य प्रहरी कार्यको अलावा दैनिक रुपमा भैरहेको चाडपर्ब बिशेष सुरक्षा योजनामा मुख्य मुख्य चोकहरुमा २४ घन्टा रहने गरी  ४२ वटा पिकेट टोली सञ्चालन, मुख्य मुख्य स्थानमा चेकिंङ्ग गर्ने २१ टोली, बिभिन्न स्थान र समयमा सञ्चालन हुने  आरएससिसि चेिकङ्ग ,आकस्मिक चेकिङ्ग बैंक बित्तिय सस्था,सुनचाँदी पसल, आदिमा पैदल गस्ति तथा मोटरसाईकल गस्ती ,गाडी मोबाईल,बिभिन्न मेला,सामुहिक दुर्गापुजा समारोह मठमन्दिरसास्कृतिक कार्यक्रममा सुरक्षा लगायतका रहेको गुरुंङ्गले आईतबार पत्रकार सम्मेलनमा जानकारी दिए ।

बिभिन्न स्थानमा सादा पोशाकमा ५ टोली प्रहरी परीचालन हुने र उनिहरुले खबर संकलनको भुमिका निर्बाह गर्ने ,ट्राफिक नियम उल्लघंन भए नभएको  निरीक्षण र जाँच गरी आबश्यक कारबाही समेत हुने उन्ले बताए । नागरीक मात्र होईन कुनै पनि प्रहरीले सर्बसाधारणबाट अनुचित फाईदा लिने काम गरेको पाइए तत्काल बिभागिय कारबाही हुने बताउदै त्यस्तो पाईएमा उजुरी गर्न समेत आग्रह गरे ।

चाडपर्बलाई लक्षित गरी   जिल्लाबासीलाई सचेत गराउन पर्चा पम्पलेट मार्फत आग्रह १ महिना अघि  देखिनै सुरु गरेको सामुदायिक प्रहरी परीचालन भएको,तास,जुवा, नियन्त्रणको लागि सूचना संकलन र छापामारी तथा कुनै पनि घटना घटेको शहरी ईलाकामा ५ देखि १० मिनेटमा र ग्रामिण ईलाकामा १५ देखि ३० मिनेटमा प्रहरी पुग्ने गरी ब्यबस्था मिलाईएको जिल्लाका प्रबक्ता एबं प्रहरी नायब उपरीक्षक बेल बहादुर गुरुङ्गले बताए ।

 

Leave a Reply