लुम्बिनी – काठमाण्डौ साझा यातायात चल्ने

0
5104

न्यूज ओके रिपोर्टर

भैरहवा ।

बुद्ध जन्मस्थल लुम्बिनी र काठमाण्डौ बिच साझा यातायात सुरु हुने भएको छ । लामो दुरीको यातायात सुरु गरेकै दिन तराईका दुई स्थान लुम्बिनी र  बिरगन्जका लागी  बस सेवाको घोषणा साझा ब्यबस्थापनले गरेको हो ।

साझाले काठमाण्डौ बाहिर आईतबार देखि बाग्लुङ र गोरखामा बस सेवा सुरु गरेको अबसरमा तराईका दुई स्थानलाई आप्नो नँया गन्तब्यका रुपमा चयन गर्दै घोषणा गरेको हो ।

साझाले दुबै रुटमा दुई दुई वटा बस सञ्चालनको अनुमति पाएको छ । बिहीबार बाट लुम्बिनी सम्मका लागी काठमाण्डौबाट बस छुटने छ । काठमाण्डौ बाट भैरहवा हुदै लुम्बिनी र पुन : सोहीबाटो हुदै बस छुटने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

 

Leave a Reply