ईन्नोभेटिभको २३ प्रतिशत बोनश शेयर प्रस्ताब

0
375

न्यूज ओके रिपोर्टर

भैरहवा ।

ईन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेडले आप्mना शेयरधनीहरुलाई गत आर्थिक बर्ष २०७२÷७३को नाफाबाट आप्mना २३ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताब पारीत गरेको छ ।
बैंकको गत शुक्रबार बसेको संचालक समितीले उक्त बोनश शेयर बितरण गर्ने प्रस्ताब पारीत गर्दै अन्तिम स्विकृतका लागी नेपाल राष्ट्र बैंकमा पठाएको छ ।

बैंकले चुक्ता पूंजी २९ करोड ५ लाखको २१.७५ प्रतिशतले हुने रु ६ करोड ३१ लख ८३ हजार ७ सय ५० रुपैया बराबरको बोनश शेयर तथा १.१४ प्रतिशतले हुने ३३ लाख २५ हजार ४ सय ६० रुपैया त्रिपन्न पैसा
वरावरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण दाहालले बताए । बोनश वितरण पश्चात बैंकको चुक्ता पूजी ३५ करोड ३६ लाख ८३ हजार ७ सय पचास पुग्ने छ ।

Leave a Reply