(सूर्य कुमार सारू मगर विगत १३ वर्षदेखि यातायात व्यवसायमा संलग्न छन् । यातायात व्यवसायका साथै विभिन्न सामाजिक संघसंस्थामा सक्रिय उनी हाल सिद्धार्थ यातायात व्यवसायी समिति, रूपन्देहीको अध्यक्ष छन् । समितिमा २०६० सालमा साधारण सदस्यका रूपमा प्रवेश गरेका उनी छोटो समयमै अध्यक्षजस्तो जिम्मेवारी पदमा दुई वर्ष अगाडि निर्वाचित भएका हुन् । समितिको विगत, वर्तमान र भावी योजना लगायतका विषयमा रहेर न्यूज ओकेले गरेको कुराकानीको सम्पादित अंश )
सिद्धार्थ यातायात व्यवसायी समितिको बर्तमान अवस्था के कस्तो छ ?
सिद्धार्थ यातायात व्यवसायी समितिको विगतको भन्दा अहिलेको अवस्था धेरै राम्रो रहेको छ, व्यवस्थापन, आर्थिक, सवारीसाधन र संचालनमा हामी राम्रो बन्दै छौ । सरकारले २० वर्षे नीति ल्याउनु भन्दा पहिला समितिले २०६३ साल देखि विस्थापित नीति लागू गरिसकेको थियो । हालसम्म समितिले २० वर्षे सवारी साधनहरू विस्थापित नीति अनुसार सबै यातायातबाट लगत कट्टा गरिसकेको अबस्था छ । साथै एक विस्थापित एक स्थापित नीति अनुसार सुविधायुक्त सवारीसाधनहरू दर्ता गरेका छौ । जसको कारण सडक दुर्घटना पहिला भन्दा न्यूनिकरण भएको छ ।
कुन–कुन रूटमा सवारीहरू चल्ने गर्छन्, कस्ता प्रकृतिका सवारी साधन चलाउने गर्नु भएको छ ?
हाल समितिले भैरहवालाई केन्द्र बनाएर रूपन्देहीको दक्षिणी र उत्तरी ग्रामीण भेगमा यातायात संचालन गरेको छ भने, भैरहवा देखि बुटवल, तौलिहवा, लुम्बिनी, कक्रहवा, परासी, पाल्पा(तानसेन), नारायणघाट, काठमाण्डौं र पोखरा रूटमा यातायात सञ्चालन हुदै आएको छ । भैरहवा भित्र नगरबस पनि सञ्चालनमा छ । अहिले समितिले बस, मिनिबस, हायस, विंङ्गर, डिलक्स बस, एसी बस,ईको भेन र एसी फोर्स प्रकृतिका साधन संचालन गरेका छांै ।
स्थापनाको धेरै वर्षसम्म पनि देशै भरी सेवा सञ्चालन गर्न सकिएन नी, आफ्नै अस्तित्वमा अगाडि बढ्न किन नसकेको हो ?
पक्कै पनि, स्थापनाकाल देखि जसरी समितिले प्रगति गर्नुपर्ने हो त्यसरी प्रगति हुन सकेन । आन्तरिक र बाहिरी कारणहरू धेरै छन् । त्यसको संगसंगै व्यवस्थापन र आर्थिक कमजोरीले पनि समितिले देशभर सवारीसाधन संचालन गर्न सकेन । त्यति मात्र नभएर सरकारको यातायात नीति पनि स्पष्ट नरहनु पनि हो ।
अन्य समितीले दिएको कोटामा चल्नु पर्ने बाध्यता किन हो ?
तपाईले भने जस्तो अन्य समितिको कोटामा चल्नु पर्ने होइन कि ती समितिहरू संगको सहकार्यमा चलेको हो । मुख्य कारण हामीले स्थापनाकाल देखि नयाँ नयाँ रूट र यात्रुको माग अनुसार सवारीसाधन दर्ता गर्ने सोच राखेनौ । जसले गर्दा नयाँ गाडी नयाँ रूटमा चलाउँदा अन्य समितिसंग सहकार्य गर्न जरूरी रहन्छ । तर सबै रूटमा त्यस्तो हुँदैन । कतिपय रूटमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, तर सवारीधनी प्रतिस्पर्धा गर्न चाहदंैनन । त्यसमा दुईकारण छन (१.सवारीधनी स्वयम स्वरोजगार मजदूर हुनु र २.प्रतिस्पर्धामा कम कमाई हुनु । अब सरकारको नितिको कारण पनि सबै रूटमा प्रतिस्पर्धामा गर्नुपर्ने हुन्छ । किनकि सरकारले यातायात सेवालाई सेवामूलक नभई नाफामूलक हो भनेर व्याख्या गरेर कम्पनी ऐनमा दर्ता हुनुपर्ने या कम्पनी दर्ता जो कसैले पनि यातायात संचालन गर्न पाउने व्यवस्था गरेको छ । जसको कारण यात्रुहरूलाई सुविधा देखिएता पनि सडक दुर्घटना बढ्ने र दुर्घटना पश्चात् सही उपचार हुन सक्दैन । कारण नेपालमा धेरै यस्ता कम्पनीहरू छन, जो घाटा हुनासाथ आफ्नो व्यापार बन्द गरी दिन्छ तर उपभोक्ताहरूलाई परेको मर्का सरकारको कुनै पनि निकायले सुनवाई गर्दैनन । जसको कारण नारायणी पूर्वमा यात्रुहरूले सुविधा त पाएका त छन्, तर दुर्घटना पश्चात् धेरै उपचार खर्च लाग्ने देखिएपछि कम्पनी नै बन्द गर्ने गरेका छन् ।
थप कुन रूटमा सवारी थप्दै हुनुहुन्छ ?
हामीले धेरै नयाँ रूटमा संचालन गर्ने सोच बनाएका छांै । जस्तै डिलक्स बसहरू काकरभिट्टा, गुल्मी, दाङ्ग, नेपालगंज र पोखरा रहेका छन् । भने लोकलरूटमा भैरहवा पिपरा, बेलबास र पत्तरिया, साथै कपिलवस्तु, भैरहवादेखि त्रिवेणी सिधा बस सेवा सञ्चालनमा रहेका छन् ।
नगर क्षेत्र भित्र यात्रु छुट्ला भन्दै तिब्र गतिमा सवारी हाक्छन, चालकहरूलाई के भन्नु हुन्छ ?
चालकहरूले भैरहवा र बुटवलको नगर भित्र सवारीसाधन धेरै तिब्र गतिमा हाक्ने गरेका छन । त्यसको लागि ट्राफिक प्रहरी र हाम्रा कर्मचारीहरूले निगरानी गरिरहेका छन । साथै हामीले हरेक महिना चालकहरूलाई ट्राफिक ट्रफिक नियम बारे प्रशिक्षण दिदैं आएका छौं । खास गरेर अनटेष्ट सवारीसाधन सडकमा चल्न दिनु हँुदैन, जसले धेरै दुर्घटना हुने गरेको छ । किनकि भर्खर सिकेका चालकहरू हुन्छन्, उनीहरू प्नि दुर्घटनाका कारक हुन् । तिब्र गति न्युनिकरणमा हामी लागेका छौ,यस प्रति हामी गंभिर छौं ।
अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण क्रम जारीछ, लुम्बिनी लगायतका क्षेत्रमा आउने पर्यटकलाई लक्षित गरी के योजना बनाउनु भएको छ ?
अन्तर्राष्ट्रिय विमान स्थललाई मध्येनजर गरेर गत वर्ष नै हामीले साना एसी प्रकृतिका गाडीहरू दर्ता खुला गरेका छांै । दर्ता शुल्कमा पनि धेरै छूट गरेका छौं । ती गाडीहरू दर्ता भए पश्चात् एयरपोर्ट भित्र हामीले काउन्टर राख्ने छांंै र दुरी अनुसारको भाडादर राखेर यात्रु र पर्यटकहरूलाई सेवा दिने छांै । त्यसको लागि ५ सिट क्षमताका भ्यान र कार दर्ता गरेका छौं । साथै लुम्बिनी भ्रमण र लुम्बिनी, कपिलबस्तु सहितको बुद्ध सर्किटको भ्रमणका लागि हामीले हाललाई प्रत्येक शनिबार डिलक्सबस संचालन गरेका छांै । केही महिनामा उक्त भ्रमणको लागि एसीबसबाट सेवा दिने छांै ।
पछिल्लोे समय समिति बिबादित जस्तो देखिएको छ, किन होला ? सबैलाई समेटेर लैजान के–कस्तो प्रयत्न गर्नु भएको छ ?
विवाद खासै केही होइन, समिति जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको विधान अनुसार चल्नुपर्दछ । विधानमा व्यवस्था भए बमोजिम सवारीधनीहरूले अविश्वासको प्रस्ताव दर्ता गर्न पाउने उहाँहरूको नैर्सि्ङ्गिक अधिकार हो तर दर्ता गर्ने प्रक्रिया विधान अनुसार नै हुनु पर्दछ । उहाँहरूले केही कार्यसमितिका पदाधिकारी माथि अविश्वासको प्रस्ताव दर्ता गर्न समितिमा आउनु भयो । तर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने साथीहरूको नाम, थर र ठेगाना समितिको विधानको अनुसार समितिको फाइलमा मिलान गर्दा धेरै नमिले पछि दर्ता हुने सम्भावना कम भए पछि उहाँहरू जिल्ला प्रशासन कार्यलयमा जानू भयो । प्रशासनको रोहबरमा छलफल गर्दा अविश्वासको प्रस्ताव फिर्ता लिनु भयो । कारण पदाधिकारी समस्या होइन पदावधी रहेको भने पछि उहाँहरूले विधानमा रहेको तीन वर्ष कार्यकाललाई दुई वर्ष हुनु पर्छ भन्ने कुरा भएपछि २८ आंै साधारणसभामा प्रस्तावको रूपमा पेश गर्ने सहमति भएको छ । तर आफू पदमा हुँदा सबै ठिक,अरू हुदा सबै बेठिक भन्ने चरित्र देखाउँदा समितिलाई बेफाईदा हुने गर्दछ । विगतमा समितिमा पटक पटक खुट्टा तान्ने प्रवृतिले गर्दा नै तपाईले प्रश्न गरे जस्तो समितिले देशभर सेवा दिने कुरामा ध्यान दिन नसकेको हो । व्यक्तिगत स्वार्थको लागि सवारीधनी माझ भ्रम फैलाउने काम कसैले गर्नु हँुदैन । जसले कसैलाई फाइदा पुर्याउँदैन । किन यो समिति सेवामूलक हुनुको साथै व्यवसायिक पनि हो ।
सबैलाई समेटेर जाने भनेर नै विधान संशोधनको प्रस्ताव साधारणसभामा पेश गर्दैछांै । साधारणसभामा सबैले खुलेर विधान अनुरूप अनुशासन भई बहस गर्नेछन् । साधारणसभाको म्याण्डेड अनुसार कार्य समितिले काम गर्नुपर्दछ । यही मंसिर ११ गते भैरहवामा सस्थाको २८ औ साधारणसभामा हँुदैछ । साधारणसभामा धेरै प्रस्तावहरूमा छलफल हुनेछ र नयाँ योजनाहरू पारित गर्ने बिश्वास लिएको छु । समितिले नयाँ ढंगबाट काम गर्नेछ । यो साधारण सभाले यस क्षेत्रका बस ब्यबसायीहरूलाई एक बनाएर ब्याबसायीक हितका लागी अघी बढछ् ।













