सौन्दर्यकलामा जमेकी ‘शान्ता जिसी’

0
3652

कुनै पनि पेशा तथा ब्यबसाय गर्न उमेर बाधक बन्दैन भन्ने कुराको उदाहरण भैरहवाकी ब्यबसायी शान्ता जि.सी. बनेकी छिन् ।
उमेरले तिन बीस पुरा गरिसकेकी शान्ता जि.सी. भैरहवा मात्रै नभई रूपन्देही क्षेत्रमै सफल महिला उद्यमीका रूपमा परीचित छिन् । विगत ३६ वर्ष देखि निरन्तर अहिले सम्म उनी सौन्दर्यकला अर्थात ब्युटीपार्लर व्यवसायमा संलग्न छिन् र उमेरले ६२ पुरा गर्दा पनि यसै पेशामा लागेकै छिन् । त्यसैले त उनलाई सबैले ब्युटिशियनको गुरू आमा भन्ने गर्छन् ।
२०११ सालमा स्यांङ्गजा जिल्लाको धनुबाशे गाबिसमा जन्मिएकी जि.सीको २०२९ सालमा भैरहवाका बल बहादुर जि.सीसंग घरजम भए पछि नै उनले ब्युटीशियनको आधारभुत तालिम भैरहवा आएर लिएकी हुन् ।
२०३७ सालबाट ब्युटिशियन व्यवसायमा अहिले सम्म निरन्तर लागि परेकी छिन् । अहिले पनि उन्को दैनिकी त्यसरी नै गुज्रीरहेको छ, दिन चर्या चलिरहेको छ, एउटा सफल सौन्दर्यकला व्यवसायी भएर ।
‘बिबाह लगत्तै यो व्यवसाय सुरू गरे, त्यस पछि अहिले सम्म निरन्तर यही पेशा लाई अगाडी बढाउँदै लगे र अहिले सबैनै यही भएको छ । पेशा परिबर्तन गर्न सकिन्,यही पेशाले नाम दियो, पहिचान दिलायो’ धेरै ब्युटिशियन हरूलाई तालिम दिए । रूपन्देहीका धेरै ब्युटिशियन पेशामा आबद्ध भएकाहरूलाई मैले तालिम दिएकी हु । अहिले यो पेशा प्रति गर्भ लाग्छ ।
त्यतिबेलाको समाज अलि बढीनै रूढीबाजी थियो छोरी बुहारीलाई बाहीरी काममा नलगाई घरकै काममा अल्झाएर राख्नुपर्छ भन्ने प्रचलन रहेता पनि श्रीमान र घर परीवारको सहयोग लिएर नै जिसीले महिलाहरूको शृंगार गर्ने ब्युटिशियन व्यवसाय सुरू गरेकी हुन् ।
‘२०३६ सालमा श्रम बिभागले ३ महिने तालिम खुलाएको थियो, ६ सिटका लागि ४० जनाको निबेदन परेको थियो, त्यसमा छनौट भए पछि तालिम लिए पश्चात समय खेर नफाली यो व्यवसाय सुरू गरे,’ जिसीले भनिन् ।
तालिम लिनु पूर्ब नै घरमा तथा साथिहरूलाई ब्युटीपार्लरको सेवा दिईसकेको थिए, अनुभबको आधारमा तालिमका लागि सजिलै छनौट भए, उनले भनिन् ।
त्यति बेला पश्चिमाञ्चल क्षेत्रमा ब्युटिपार्लर व्यवसाय गर्नेहरू कोही थिएनन्, उनले दाबी गर्दै भनिन् । भैरहवाको आप्mनै घरमा सुरूका दिनमा व्यवसाय सञ्चालन गर्दै गए पछि बिस्तारै सफल भएको उनको भनाई छ । त्यति बेला त महिलाहरू ब्युटीपार्लर आएपछि कसैले देख्ला भनि आउँदा जाँदा मुख अनुहार छोपेर जान्थे, उनले स्मरण गर्दै भनिन् । आउँदा पनि लुकेर आउँथे, जाँदा त झन डर र लाजले भुतुक्कै हुन्थे । उति बेला राम्रो व्यवसाय पनि होइन भन्दै नरामं्रो दृष्टीकोणले हेर्ने गरिन्थ्यो तर अहिले उति बेलाको जस्तो समय रहेन, अहिले नभै नहुने भइसक्यो ब्युटिपार्लरको सेवा ।
अहिले ब्युटिपार्लर पेशाबाट सजिलै जिबीेकोपार्जन हुने उनको ठम्याई छ । जि.सी आफैले भैरहवामा सञ्चालन गर्दै आएको महिला केश श्रृंगारमा अहिले ६ जनाले रोजगारी पाइरहेको उनले बताईन् । हाल सम्म ८ सय भन्दा बढीलाई ब्युटिपार्लर सिकाई सकेकी जिसीले समय अनुकुल यो पेशालाई आधुनिकीकरण गर्दै लैजानु पर्ने र आप्mनो हात गोडा चलुन्जेल यो पेशा नछाड्ने उनको भनाई छ । भैरहवा र बुटवलका धेरै ब्युटिशियनहरूको गुरू आमा रहेकी जि.सी सौन्दर्यकला व्यवसायी संघ नेपालको बरीष्ठ उपाध्यक्ष भइसकेकी छिन् । यो व्यवसायले मलाई मलाई यहाँ सम्म लेरायो, सिद्धार्थनगर उद्योग बाणिज्य संघमा आबद्ध हुने सबैभन्दा पहिलो महिला पनि म नै हँु, म उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्य (मनोनित) सम्म भए, सिद्धार्थनगर उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा रहेर पनि धेरै काम गरे, महिला उद्यमीको पक्षमा काम गरे, उनले बिगत स्मरण गर्दै भनिन् ।
प्रस्तुतीः न्यूज ओके डेक्स

Leave a Reply