न्यूज ओके रिपोर्टर, भैरहवा, ९ बैशाख
नेपाली काँग्रेसका नेता एवं पुर्व मन्त्री बालकृष्ण खाँणले पार्टीलाई सहीदिसामा अगाडी बढाउदै पाँच बर्ष पछि पार्टीलाई सरकारको नेतृत्वमा पुर्याउन तरुण दलको भुमिका महत्वपुर्ण रहेको बताएका छन् ।
तरुण दल काँग्रेसको एउटा महत्वपुर्ण सगंठन भएको भन्दै उनले पार्टीलाई सही ढगंले अगाडी बढाउन पनि तरुण युवाहरु लाग्नु पर्ने बताए । नेपाल तरुण दलको आईतवार देखी भैरहवामा सुरु गरेको पाँच नम्वर प्रदेस स्तरीय अगुवा तरुण प्रशिक्षणको उदघाटन गर्दै पछिल्लो चुनावको परिणामबाट युवाहरु कत्ती पनि बिचलीत हुन नहुने बताए ।
‘राजनितिक ईमान्दारीता सहीत संविधान जारी भए पछि कांग्रेसले निर्वाचन सम्पन्न गराउनमा सवै शक्ती केन्द्रीत गर्यो र निर्वाचन सफलता पुर्वक सम्पन्न भए । तर हामीले अपेक्षित नतिजा नल्याए पनि लोकतन्त्रको जित भएको छ, उनले भने ।’ काँग्रेस सत्तामा नभए पनि लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्ने ठुलो जिम्मेवारी काँग्रेसको काधँमा आएको भन्दै उनले मुलुकमा राष्ट्रियता कमजोर हुदै गईरहेका बेला तरुण युवाहरु जिम्मेवार भएर अघि बढनु पर्ने बताए ।
कार्यक्रममा काँग्रेस नेता एवं पुर्वमन्त्री दिपक गीरीले अव अरुको बिस्वासमा नपरी काँग्रेस र काँग्रेसका युवाहरु गाउ गाउमा गएर प्रशिक्षण दिनु पर्ने औल्याए । उनले पार्टी भित्रको आन्तरीक बिबाद र गुठबन्दीबाट मुक्त हुदै नेताकोलागी भन्दा पनि तरुण युवाहरु पार्टीको नीती नियम अनुसार काम गर्नु पर्ने बताए ।स्थानीय तह तथा प्रतिनीधी सभा र प्रदेस सभामा लज्जास्पद हार पछि युवामा नैराश्यता पलाएको भन्दै नेपाल तरुण दलले अगुवा तरुण युवाहरुलाई प्रशिक्षण अभियान सुरु गरेको हो ।
तरुणदलको केन्द्रीय निर्णय अनुसार अगुवा प्रशिक्षण कार्यक्रम सातबटै प्रदेसमा सचांलन गरीने छ । त्यसमध्ये केही प्रदेशहरुमा प्रशिक्षण सकिएको छ । भने रुपन्देही केन्द्र रहेको पाँच नम्वर प्रदेशमा आईतवार देखी भैरहवामा प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा पाँच नम्वर प्रदेसका १२ जिल्लाका १ सय ५० भन्दा बढी अगुवा तरुण नेताहरु सहभागी छन् ।
काँग्रेसलाई गुट उपगुटबाट मुक्त गरी ब्यक्ती भन्दा पार्टीलाई बलियो बनाउने उद्धेश्यले प्रशिक्षण आयोजना गरीएको बताए । खासगरी निर्वाचन र अरु बेला पनि एकले अर्कोलाई दोसारोपण गरेर गुटको संरक्षण पार्टीलाई कमजोर बनाउने खेल हुदा युवा पिडीहरु बिचलीत हुन थालेको अवस्थामा युवालाई प्रजातन्त्र, काँग्रेस, काँग्रेसमा युवाहरुको भुमीका तथा युवाहरुलाई काँग्रेस प्रति आकर्षीत गर्नु प्रशिक्षणको मुख्य उदेश्य रहेको छ । दुईनिदसम्म चल्ने प्रशिक्षणमा पार्टीका केन्द्रीय नेताहरुले प्रशिक्षीत गर्ने छन् ।
प्रशिक्षण कार्यक्रममा प्रदेश पाँचका १२ जिल्लाबाट जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष, गाउँपालिका अध्यक्ष तथा केन्द्रीय पार्षदहरु सहभागी रहेको स्थानीय आयोजक तथा सयोंजक तरुण दल रुपन्देहीका सचिव रमेश शाहीले जानकारी दिए ।














