बालगृहमा जगर्शले सामूहिक भाइटिका गर्नेे

0
36

न्यूज ओके/ भैरहवा
सिद्धार्थ बालगृहमा यो बर्ष पनि सामुहिक भाईटिका कार्यक्रम आयोजना हुने भएको छ । बिगत तीन बर्ष देखि त्यहाँ रहेका साना साना बालबालिकाहरूलाई भाईटिका मनाउन सहयोग गर्दै आएको सस्था ‘जगर्श गु्रप’ले यस बर्ष पनि बालगृहमा सामुहिक भाईटिका मनाउने भएको गु्रपका अध्यक्ष अनिल उपाध्यायले बताए ।
हामीहरूले ३ बर्ष देखि यँहा रहेका अनाथ बालबालिकाहरूबिच एकापसमा भाईटिका लगाउने सार्बजनिक कार्यक्रम सुरूवात गरेका थियौ र यस बर्ष पनि निरन्तर दिन्छौ, पर्बका बेला बालगृहमा रहेका साना बालबालिकालाई खल्लो र नियास्रो महसुस नहोस भन्दै भाईटिका सामुहिक रूपमा मनाउने परम्परा थालनी गरेका हौ, अध्यक्ष उपाध्ययले भने ।                                                                                                                                                जगर्श ग्रुपले बालगृहमा रहेका सबै ३१ जना बालबालिकालाई भाईटिकामा आबश्यक पर्ने माला, फुल, टिका, मसला, मिठाई रोटी, खाद्यान्न, मासु उपलब्ध गराउने गरेको छ ।
यस बर्षको भाईटिका कार्तिक ४ गते परेको छ । जगर्श गु्रप बिहानी हिंडाई (मनिङ्ग वाक) गर्ने भैरहवाका युवाहरूको समूह हो ।

Leave a Reply