तेक्वान्दो कल्चर एक्सपोमा सहभागी हेभेन्ली गार्डेन किड्स क्याम्पस भैरहवाको बाल तेक्वान्दो खेलाडी र अफिसियल

न्यूज ओके रिपोर्टर
भैरहवा ।कोरियाको मुजुमा बिहीबार देखि आयोजना हुने ११ औं बिश्व तेक्वान्दो कल्चर एक्सपोमा नेपालको प्रतिनिधीत्व भैरहवाको हेभेन्ली गार्डेन किड्स क्याम्पसले गर्ने भएको छ । हेभेन्लीका ७ सहीत काठमाण्डौका पाँच गरी १२ बाल तेक्वान्दो खेलाडी तेक्वान्दो कल्चर एक्सपोमा सहभागी हुन बुधबार कोरीया तर्फ प्रस्थान गरेका छन् ।
तेक्वान्दो कल्चर एक्सपोमा सहभागिताका लागी गएका हेभेन्लीका खेलाडीमा सोमिल श्रीबास्तब, गौरब कुमार यादब, आर्यन पौडेल, सेली पौडेल, फ्लोरा खडका, केशु गुरूंग र युनिशा न्यौपाने रहेको टिम हेड तथा हेभेन्ली गार्डेन किड्स क्याम्पसकी प्रबन्ध निर्देशक रचना क्षेत्रीले बताइन् ।
प्रतियोगितामा सहभागिता जनाउने भनि दुई महिना अघिबाटै हामीहरूले तयारी प्रशिक्षण गरीरहेका छौ, बिगतमा पनि २०१३ को अगस्त २३ देखि २५ सम्म मलेशियाको क्वालालाम्पुरमा सम्पन्न सातौ सिके मलेशिया क्लासिक ईन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसिपमा हेभेन्लीका ४ बाल खेलाडीले पदक जित्दै सबैभन्दा कम उमेरमा तेक्वान्दोमा पदक जित्ने नेपाली बाल खेलाडी बनिसकेका छन् ।अहिले पनि राम्रो प्रदर्शन र पदक जित्ने अपेक्षा रहेको छ, त्यही अनुसार प्रशिक्षण पनि दिएका छौ, टिम हेड समेत रहेकी प्रबन्ध निर्देशक क्षेत्रीले भनिन् ।
श्रीबास्तब र यादब ४ कक्षामा पढछन् भने शेली र प्mलोरा कक्षा ४ मा केशु गुरूंग ३ मा, आर्यन पौडेल २ कक्षाका बिद्यार्थी हुन् । न्यौपाने अहिले कक्षा ९ मा एपेक्स स्कुलमा पढछिन् । उनि हेभेन्लीकी पुर्ब बिद्यार्थी हुन्  । हेभेन्ली सहीत काठमाण्डौका पाँच गरी १२ बाल खेलाडीले मुजुमा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागी पदक जित्ने अपेक्षा राखिएको र प्रशिक्षण पनि दैनिक रूपमा भएको र खेलाडीमा त्यस्तो कुनै समस्या नरहेको टिमका मुख्य प्रशिक्षक कोशिश बहादुर खड्काले बताए ।
आफनो बिद्यालयका बिद्यार्थीहरूले पढाई संगै अतिरीक्त कृयाकलापलाई पनि जोड दिदै आएको र बिद्यालय तहबाटै खेलको बिकाश हुनु पर्छ भन्दै तेक्वान्दोको प्रशिक्षकनै नियुक्त गरी पढाई संगै खेलकुद पनि अघि बढाईरहेको हेभेन्ली गार्डेन किडस कलेजका अध्यक्ष पवन कुमार क्षेत्रीले बताए । सहभागी टोलीको टिम म्यानेजरका रूपमा कोरीया जान लागेका क्षेत्रीले बिगतमा आप्mना बाल खेलाडीहरूले मलेशियामा पनि पदक जितिसकेको हुदा अहिले पनि राम्रो प्रदर्शन गर्र्दै पदक जित्ने अपेक्षा रहेको जनाए । देशका लागी बिद्यालय, अभिभावक तथा शुभेच्छुकहरूको सहयोगमा सहभागी हुन लागेको तर सरकारी निकायबाट कुनै सहयोग नभएको जनाए ।
टोलीमा रेखा शर्मा ढकाल टिमको सहायक ब्यबस्थापक तथा सुरेश जैसवाल प्रशिक्षक रहेका छन् । तेक्वान्दो कल्चर एक्सपोमा २ सय राष्ट्रका ३ हजार खेलाडी सहभागी हुने छन् । कुल २०० राष्ट्रका ३००० खेलाडी सहभागीहुने उक्त एकस्पो प्रतियोगितामा नेपाली बाल खेलाडीहरूले पुम्से र स्पाईरींगका दुई बिधामा सिंगल र समुहगत प्रतिष्पर्धा संगै कल्चरल शोमा नृत्य समेत प्रस्तुत गर्ने मुख्य प्रशिक्षक खडकाले जनाए ।

Leave a Reply