डिपिएल –२

 

न्यूज ओके रिपोर्टर
भैरहवा, १७ चैत्र

शनिबारबाट धनगढीमा सुरू भएको धनगढी प्रिमियर लिगको दोश्रो सस्करणमा (डिपिएल २) रूपन्देही च्यालेञ्जर्शले आईतबार आप्mनो पहिलो खेलमा सिवाईसि अत्तरीया टिम संग प्रतिष्पर्धा गर्दैछ ।
नियमित प्रशिक्षण तथा अभ्यास खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै धनगढी पुगेको रुपन्देही च्यालेञ्जर्श आफनो पहिलो खेलका लागी तयारी अबस्थामा रहेको टिमका अध्यक्ष सुरज उप्रेतीले बताए ।

अघिल्लो हप्ता नियमित अभ्यासमा रहेको रूपन्देहीको टिमले छिमेकी देश भारतको उत्तरप्रदेशस्थित तिनवटा क्लबसंग खेलेको मैत्रीपूर्ण खेलमा जित समेत हात पार्दै टिमको हौशला र मनोबल उच्च रहेकोले पहिलो खेलमा सहज नतिजा आफनो पक्षमा आउने टिमका कप्तान शक्ति गौचनले बताए । पहिलो खेलमै जित हासिल गरी बिजयी सुरुवात गर्नु हाम्रो लक्ष्य हो, गौचनले भने

रूपन्देही च्यालेञ्जर्शको टिम बलिंग, ब्याटिंग र फिल्डींगमा निकै सन्तुलित टिमका रुपमा रहेको मुख्य प्रशिक्षक जंग बहादुर थापाले जनाए । तराईको गर्मि मौसममा खेल्न अभ्यस्त भैसकेका छन र हाम्रा खेलाडीहरुमा अहिले स्वास्थय सम्बन्धि कुनै समस्या छैन, सबै खेलाडीहरु फिट रहेका छन, थापाले भने । रूपन्देही च्यालेञ्जर्शको टिममा गौचनका अलावा अनुभवी खेलाडीहरू सागर पुन, सुशन भारी, प्रदीप ऐरी सिद्धान्त लोहनीसहित विक्रम सिंह भुसाल, कुशल मल्ल, सोनु अन्सारी, अमर सिंह रूतेला, प्रकाश जैशी, बिपिन खत्री, जितेन्द्र मुखिया, दिपेश श्रेष्ठ रहेका छन् ।
टिममा २ बिदेशी खेलाडीहरू अनिबार्य सहभागी गराउनु पर्नेमा एक जना ओमानको राष्ट्रिय टिमका मोहम्मद सुफयान रहेका छन भने अर्का भारतका दिपक प्रसाद छन् । दिपक रणजी ट्रफी प्लेयर हुन् । टिम सन्तुलन हरेक कुरामा उत्कृष्ट रहेको र लक्ष्य भनेको डिपिएल च्याम्पियन बन्नु रहेको रूपन्देही च्यालेञ्जर्शका अध्यक्ष उप्रेतीले बताए ।
रूपन्देहीका युबा ब्यबसायी उप्रेती संगै रोमित बज्राचार्य र बिकाश पाण्डे रूपन्देही च्यालेञ्जर्शका प्रमोटर हुन् । उप्रेती एसआर गुपका प्रबन्ध निर्देशक हुन भने रोमित बज्राचार्य स्वर्ण आभुषण ब्यबसायी तथा पाण्डे बुटवल डार्सिज होटलका प्रबन्ध निर्देशक हुन् । रुपन्देही च्यालेञ्जर्शको पहिलो खेल बिहान नौ बजे हुनेछ । यस्को प्रतक्ष्य प्रशारण एपिवान टिभीबाट हुनेछ ।

Leave a Reply