अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्न जापान जाने खेलाडीहरूमा रूपन्देही तेक्वान्दो संघका अध्यक्ष, दिपेन्द्र बुढाप्रिती, तेक्वान्दो संघ प्रदेश ५ का उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी पराग दास गोर्खाली, जिल्ला तेक्वान्दो संघ रूपन्देहीका सदस्य जयराम कहार लगायत रहेको टिम लिडर आठौ दक्षिण एशियाली खेलकुदमा तेक्वान्दोको गोल्ड मेडलिष्ट तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशीश बहादुर खड्काले बताए ।
न्यूज ओके रिपोर्टर
भैरहवा, ६ बैशाख
जापानको ओसाका शहरमा बैशाख ८ र ९ गते आयोजना हुने १६ औं वाटा अन्तरमहादेशिय खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०१८मा सहभागिता जनाउन ३१ जना तेक्वान्दो खेलाडी, प्रशिक्षक र अफिसीयल टोली बिहीबार जापान तर्फ प्रस्थान गरेका छन् ।
टिममा रूपन्देही तेक्वान्दो संघका खेलाडी तथा प्रशिक्षक गरी ४ जना र भैरहवा तेक्वान्दो डोजांगको ३ खेलाडी समेत रहेका छन्
अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्न जापान जाने खेलाडीहरूमा रूपन्देही तेक्वान्दो संघका अध्यक्ष, दिपेन्द्र बुढाप्रिती, तेक्वान्दो संघ प्रदेश ५ का उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय खेलाडी पराग दास गोर्खाली, जिल्ला तेक्वान्दो संघ रूपन्देहीका सदस्य जयराम कहार लगायत रहेको टिम लिडर आठौ दक्षिण एशियाली खेलकुदमा तेक्वान्दोको गोल्ड मेडलिष्ट तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशीश बहादुर खड्काले बताए । 
प्रतियोगिता अप्रैल २१ र २२ (बैशाख ८ र ९ गते) तारीखमा ओशाकामा हुदैछ । प्रतियोगितालाई जापानको परराष्ट्र मन्त्रालय, सस्कृती, पर्यटन तथा खेलकुद मन्त्रालय, जापान तेक्वान्दो संघले सहयोग गरेका छन् । मुख्य आयोजक वल्र्ड एक्सन तेक्वान्दो एकेडेमी जापान(वाटा) रहेको छ ।
यो प्रतियोगितामा रूपन्देही सहित, नवलपुर, चितवन, काठमाण्डौ, ललितपुरबाट गरी ३१ जना खेलाडीहरू नेपाल तेक्वान्दो संघ, नेपालको प्रतिनिधित्व गरी सहभागी हुने संघले जनाएको छ । प्रतियोगितामा रुपन्देही तेक्वान्दो संघका खेलाडीहरु मध्ये बुढाप्रितीले पुम्सेमा ४१ देखि ५० बर्ष उमेर समुह (भेट्रान)मा, गोर्खाली तथा कहारले ३० देखि ४० बर्ष उमेर समुहको पुम्सेमा प्रतिष्पर्धा गर्ने टोलीनेता खडकाले बताए ।
तिनै जना खेलाडीहरूले भैरहवामा एक महिनाको बन्द प्रशिक्षण समेत गरेको हुँदा उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्ने लक्ष्य सहित प्रस्थान गरेको उनको भनाई छ । यस अघि भैरहवाको बिमानस्थलमा जापान प्रस्थान गर्न लागेका खेलाडीहरूलाई रूपन्देही तेक्वान्दो संघ तथा जिल्ला खेलकुद बिकास समितीले बुधबार बिदाई गर्दै सफलताको शुभकामना दिएको थियो ।
रूपन्देही जिल्ला खेलकुद बिकास समितिका कर्यालय प्रमुख संगम थापा, उद्योग ब्यापार संगठन रूपन्देहीका कोषाध्यक्ष तथा तेक्वान्दोका प्रशिक्षक सचिन रोका, रूपन्देही तेक्वान्दो संघ का जिल्ला उपाध्यक्ष चिरञ्जीवी राउत, सचिव राकेश यादव, जिल्ला कोषाध्यक्ष रूकमा थपलिया खडका, एभरी बडी फिट्स सेन्टर का सदस्य सुशील पौडेल ले माला तथा खादा लगाई बिदाई गर्दै देशको नाम उच्च राख्ने गरी प्रदर्शन गरी स्वर्ण पदक जितेर आउन शुभकामना दिएका थिए । सोही प्रतियोगितामा प्रतियोगितामा भैरहवा तेक्वान्दो डोजांगको ३ खेलाडीहरू बिनोद थापा, गौरब बरूण र आर्यन पौडेलले समेत प्रतिष्पर्धा गर्ने बताईएको छ । सोहि प्रतियोगितामा सहभागी हुन छिमेकी जिल्ला नवलपुरका भुमेश्वर भुषाल पनि त्यसतर्फ जादैछन् । भुषालले पनि ३० देखि ४० बर्ष उमेर समुहको पुम्से बिधामा प्रतिष्पर्धा गर्नेछन् । भुषालले नवलपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष समेत हुन् । सोहि जिल्लाका उपाध्यक्ष हरीराम सापकोटा समेत टिम ब्यबस्थापकका रूपमा प्रतियोगितामा सहभागी हुँदै छन् ।(यो समाचार २०७५ बैशाख ६ गते प्रकाशित न्यूज ओके साप्ताहिकमा समेत पढन सकिनेछ ।)














