रुपन्देहीले उपाधिका लागी शनिबार प्रतिष्पर्धा गर्नेछ । दोश्रो सेमिफाईनलमा धनगढी क्रिकेट एकेडेमी र आर्मी बिचको बिजेता रुपन्देही ११ संग फाईनलमा उपाधिका लागी प्रतिष्पर्धा गर्नेछन् ।
न्यूज ओके रिपोर्टर
भैरहवा :
जिल्ला क्रिकेट संघ रुपन्देहीको क्रिकेट टिम ‘रुपन्देही ११’ कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाईनलमा प्रबेश गरेको छ । सुर्खेतमा जारी प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न पहिलो सेमिफाईनलमा मध्य पश्चिमको क्रिकेट टिमलाई २६ रनले हराउदै रुपन्देही ११ उपाधि नजिक पुगेको हो ।
मध्य पश्चिमले टस जितेर फिल्डिंग गर्ने निर्णय संगै ब्याटिंग गर्न मैदान छिरेको रुपन्देही टिमले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ७२ रनको बिशाल योगफल तयार गरेको थियो ।
रुपन्देहीको जितमा सन्दिप सुनारले सर्बाधिक ५० रन बनाए । उनले ३० बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै गरी वशिर अहमदले आक्रामक ब्याटिंग गर्दै १४ बलमा ५ छक्का र १ चौकाको मद्धतले ४६ रन बनाए भने शंकर रानाले ३९ बलको सामना गर्दै ५ चौकाको मद्धतले ३५ रन बनाउदै टिमको योगफल बिशाल बनाउन मद्धत गरेको र रुपन्देहीका खेलाडीहरुको प्रदर्शन उत्कृष्ट गरेको प्रशिक्षक बसन्त शाहीले बताए । 
बलिंगमा मध्यपश्चिमका अमर सिंह रौतेलाले ३ र अभिनाश बोहराले १ विकेट लिएका थिए ।
रुपन्देहीबाट जितका लागी पाएको १सय ७३ रनको योगफल पछ्याउने क्रममा मध्य पश्चिमको टिम ले १सय ४६ रन बनाई अलआउट हुन पुग्यो । मध्य पश्चिमको लागी सुबेन्दु पाण्डेले सर्बाधिक ४६ रनब नाए पनि जितका लागी पर्याप्त भएन । त्यस्तै प्रनित थापाले२०, र सिद्धान्तराज शाहीले १९ रन बनाए ।
रुपन्देहीका लागि बलिङतर्फ बिकाश श्रेष्ठ र सन्दीप सुनारले समान ३।३ विकेट लिन सफल भए । खेलमा सन्दिप सुनार म्यान अफ द म्याच भए ।
रुपन्देहीले उपाधिका लागी शनिबार प्रतिष्पर्धा गर्नेछ । दोश्रो सेमिफाईनलमा धनगढी क्रिकेट एकेडेमी र आर्मी बिचको बिजेता रुपन्देही ११ संग फाईनलमा उपाधिका लागी प्रतिष्पर्धा गर्नेछन् । कर्णाली प्रिमियर लिग क्रिकेट बिजेता टिमले ३ लाख रुपैया र ट्रफी तथा उप बिजेताले १ लाख ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रदेश नम्बर ६ मा आयोजना भएको त्यस क्षेत्रको सर्बाधिक ठुलो पुरस्कार राशीको यो प्रतियोगिता हो ।














