थाइल्याण्डकी पर्यटन मन्त्रीलाई लुम्बिनी भ्रमणको निम्ता

0
82

न्यूज ओके रिपोर्टर                                                                                                                बैंकक (थाइल्याण्ड)

थाइल्याण्ड भ्रमणमा रहेका लुम्बिनी क्षेत्रका संचारकर्मीको टोलीले थाइल्याण्डकी पर्यटन मन्त्री कोबकान वातान भरन कुललाई भेट गरी बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निमन्त्रणा दिएका छन् ।
संचारकर्मी तथा लुम्बिनीका प्रचार अभियन्ता चेतन पन्तको नेतृत्वमा रहेको भ्रमण टोलीमा न्यूज ओकेका सम्पादक मनोरञ्जन शर्मा, कान्तिपुर दैनिकका कपिलवस्तु संवाददाता मनोज पौडेल र लुम्बिनीका संचारकर्मी प्रल्हाद यादवले बैंककमा अवस्थित थाई पर्यटन प्राधिकरण (ट्याट) मा भेट गरी बुद्ध जन्मस्थल लुम्बिनीसहित कपिलवस्तु र नवलपरासी क्षेत्रको भ्रमणका लागि निमन्त्रणा दिएका हुन् ।
गत वर्षको बुद्ध जयन्तीमा लुम्बिनी भ्रमण गरेकी उनले मौका मिलाएर उपर्युक्त समयमा लुम्बिनी भ्रमण गरेकी उनले मौका मिलाएर उपर्युक्त समयमा लुम्बिनी क्षेत्रको भ्रमण गर्ने जानकारी दिँदै लुम्बिनीको बिकासका लागी थाई सरकार सकारात्मक रहेको बताइन् ।
संचारकर्मीको टोलीले खेलकुद मन्त्री समेत रहेकी भरनकुललाई मायादेबीको मन्दिर र अन्य उपहार प्रदान गरेका थिए ।
टोली नेता संचारकर्मी पन्तले पर्यटन मन्त्री लुम्बिनी प्रति निकै सकारात्मक रहेको र बिभिन्न माध्यमबाट सहयोग हुन सक्ने बताएको जानकारी दिए ।
बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारको तर्फबाट राजकीय बिहार, कपिलवस्तुको कुदानमा पनि राजकीए बिहार र बिश्राम गृह निर्माण छ भने लुम्बिनीको मायादेबी क्षेत्रमा फुटपाथ, शान्ति द्विप नजिकै बेबि बुद्ध र सूचना केन्द्रको निर्माण थाई जनताको सहयोगबाट भएको छ । थाइल्याण्डको कुल जनसंख्याको करिब ९३ प्रतिशत अर्थात् ६ करोड ३० लाख बढी जनसंखया बुद्ध धर्म मान्ने रहेका छन् । प्रत्येक बर्ष करिब ३० हजार थाई पर्यटक लुम्बिनी भ्रमण गर्छन् ।

 

Leave a Reply